महेन्द्रा प्युरि फायरको शाखा रत्ननगरको टाँडीमा (फाटोफिचर)

चितवन, २५ भदौँ । महेन्द्रा प्युरिफायर प्रालीले चितवनको टाँडीमा आफ्नो शाखा विस्तार गरेको छ । उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मीले सोमवार एक कार्यक्रमका बीच शाखाको उद्घाटन गर्नुभयो ।
  
उद्घाटन कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष रेग्मीले शुद्ध पिउने पानीको विकास आजको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष रेग्मीले शुद्ध पिउने पानीको व्यवस्थापनमा स्थानीय निकाय समेत गम्भिर हुनपर्नेमा जोड दिनुभयो ।
रामकृष्ण तिमिल्सीनाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था वडा नं. १ का संयोजक शालिकराम सापकोटा, गण्डकी विकास बैंकका म्यानेजर प्रेम घिमिरे, महालक्ष्मी विकास बैंक रत्ननगर शाखाका म्यानेजर श्याम बाबु तिमिल्सीना, नव दुर्गा आमा समुहका अध्यक्ष एन्जीला कुंवर, महेन्द्रा प्युरिफायर प्रालीका एचआर प्रमुख विवस अर्याल, रिलेशनसीप म्यानेजर सुरेश दंगाल लगायत सहभागी थिए ।
मुख्य कार्यालय हेठौंडा रहेको कम्पनीको यस अघि पालुङमा शाखा विस्तार भइसकेको छ भने निकटमै काठमाण्डौंमा शाखा विस्तारको तयारी रहेको कम्पनीले जनाएको छ । पानीको शुद्धिकरण गर्दै आएको यस कम्पनीले देशैभर आफ्नो सेवा विस्तार गर्ने रणनीतिक योजना छ ।