राप्ती नगरद्धारा भण्डारा माविका अध्यक्ष मगरलाई सम्मान

चितवन, २४ भदौँ । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको भण्डारा माविको विद्यालयका व्यवस्थापन  समितिका अध्यक्ष राम बहादुर सारु मगर सम्मानित भएका छन् ।

शिक्षा दिवसको अवसरमा राप्ती नगरको उत्कृष्ट विद्यालय बनाउन भौतिक पूर्वाधार तथा व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै भण्डारामा माध्यमिक विद्यालयका व्यवस्थापन समिताका अध्यक्ष राम बहादुर सारु मगरलाई मेयर प्रभा बरालले सम्मानपत्रसहित सम्मानित गरेकी थिईन् ।

शिक्षा दिवसको अवसरमा नगरपालिकाले शिक्षा विकासमा योगदान गर्न व्यक्ति, उत्कृष्ट शिक्षकलार्इ सम्मान र विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
भण्डारमा माध्यमिक विद्यालयमा अहिले भवन, विभिन्न ल्याब तथा स्टाफ कक्षहरु व्यवस्थित ढङले निमार्ण कार्य भैरहेको व्यवस्थापन समिताका अध्यक्ष राम बहादुर सारु मगरले जानाकारी दिए ।