भरतपुरमा निशुल्क योग विज्ञान शिविर सञ्चालन

चितवन, २४ भदौ । पतञ्जलि योग समिति चितवनको विशेष सहयोगमा भरतपुरमा निशुल्क योग विज्ञान सञ्चालन गरिएको छ । भदौ २९ गतेसम्म सञ्चालन हुने योग विज्ञान शिविरको भरतपुरमा रहेको जुयिनर प्रहरी अधिकृत शिक्षालयले आयोजना गरेको हो ।
आइतबार योग शिविरको उद्घाटन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग निकै महत्वपूर्ण रहेको बताए । दैनिक योग गर्दा शरीरको मांसपेशी मजबुत हुने बस्नेतको भनाइ छ ।
योग प्रशिक्षक पतञ्जलि योग समितिका केन्द्रीय सदस्य विष्णुप्रसाद दवाडीले योगले शरिरलाई चाहिने अक्सिजन ग्यास शरिरको विविध कोषमा पु¥याएर रगत सञ्चानलनमा सहयोग पु¥याउने भएकाले हरेक व्यक्तिले योग गर्नुपर्ने बताए । दैनिक रुपमा योग गर्नाले मानसिक शक्ति बढ्दै जानुका साथै समस्याहरुको समाधान गर्ने उपाय समेत बढ्ने भएकाले सबै क्षेत्रका लागि योग आवश्यक रहेको दवाडीको भनाइ थियो ।

योग शिविरको उद्घाटनका क्रममा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक महेन्द्र कुमार पोखरेलले दैनिक गरिने योगले शरिरको तौल घटाउन सहयोग गरि निन्द्रा नलाग्ने समस्याको समेत समाधान गर्ने बताए ।
६ दिनसम्म सञ्चालन हुने योग शिविरमा पतञ्जलि योग समितिका केन्द्रीय प्रभारी लवदेव मिश्र, केन्द्रीय सदस्य विष्णुप्रसाद दवाडीलगायतका योग प्रशिक्षकहरुले सहभागीलाई योग सिकाउनेछन् ।