सडक दुर्घटनामा मोटरसाईकल चालकको ज्यान गयो

धादिङ, २४ भदौ । सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आज बिहान गल्छीबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ४८ प ९७३४ नंको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।