सुन्धारामा तीज विशेष मनाईयो, व्यवसायी भन्छन्, धरहरा कहिले बन्छ ? (भिडियो)

काठामाडौँ, २३ भदौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ११ सुन्धारा क्षेत्रका व्यवसायीहरुलेतीज विशेष कार्यक्रम मनाएका छन् ।
सुन्धारा होटल व्यवसायी संघद्धारा आयोजित हरितालिका तीजको अवसरमा दरखाने कार्यक्रम तथा आफ्नै कार्यालय भवनको समेत उद्धघाटन गरिएको छ ।

 

सुन्धारा हाेटल व्यवसायी सघद्वारा अायाेजित तीज विशेष तथा कायालय भवन समुद्वघाटन समाराेह ३

Publiée par Sauraha online sur Samedi 8 septembre 2018

 

 

 

 

सुन्धारा हाेटल व्यवसायी सघद्वारा अायाेजित तीज विशेष तथा कायालय भवन समुद्वघाटन समाराेह भाग २

Publiée par Sauraha online sur Samedi 8 septembre 2018

 

 

 

 

सुन्धारा हाेटल व्यवसायी सघद्वारा अायाेजित तीज विशेष तथा कायालय भवन समुद्वघाटन समाराेह

Publiée par Sauraha online sur Samedi 8 septembre 2018

 

 

एक भव्य समारोहका विच भएको कार्यक्रममा सुन्धाराका व्यवसायीहरुले धरहरा छिटो भन्दा छिटो निर्माण गर्न माग गरेका थिए । ऐतिहासिक सम्पदाको रुपमा रहेको धरहरा नहुदाँ सुन्धारा मात्र नभई देशकै धरोहरको कमि भएको उनीहरुको भनाई थियो ।

सन् २०२० लाई सरकारले पर्यटन बर्षको रुपमा घोषण गरिसकेको अवस्थामा विभिन्न ऐतिहासिक सम्पदा निर्माण हुन नसके पर्यटन बर्ष कसरी सफल होला ? उनीको प्रश्न थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्धाराका पुराना पर्यटन व्यवसायी एवं बरिष्ठ समाजसेवी दिलविकास राजभण्डारीले धरहरा बनाउन सरकारले ढिलो गर्नु नै पर्यटन बर्ष आफै असफल हुने बताएका छन् ।

यस्तै संघका अध्यक्ष वृद्धिबहादुर बस्नेतले संघले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत विविध कार्यक्रम गरेको जानकारी दिदै महिलाहरुले मात्रै नभई सबै सहभागी भई मौलिक तीजको संरक्षण गर्न कार्यक्रम आयोजना गरेको प्रकाश पारेका थिए ।

उनले धरहरा नबन्दा सुन्धाराको मौलिकता हराउदा यो क्षेत्रको पर्यटन क्षेत्रमा निकै ठुलो असर परेको बताए ।

यस्तै संघका सदस्य तथा युवा व्यवसायी शंकर भण्डारीले सुन्धारा क्षेत्रमा विविध समस्याहरु रहेको बताउदै समयमै धरहरा बनाउन राज्य चुके पर्यटनमा ठुलो क्षति पुग्ने बताए । धरहरा बनाउन सुन्धारा क्षेत्रका व्यवसायीहरुलाई पनि सहभागी बनाउन उनले माग समेत गरेका थिए ।


संघका अध्यक्ष वृद्धिबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमका काठमाडौँ वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तन्डुकार, बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, संघका पूर्व अध्यक्षहरु नारायणप्रसाद शर्मा, ज्ञानप्रसाद पौडेल, खेम गुरुगं  विशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा प्रभु बैक सुन्धारा प्रमुख सुस्मा रेग्मी, संस्थका सचिव ईश्वर न्यौपाने, कोषाध्यक्ष दिपक केसी, नरहरि खरेल, ठाकुर सापकोटा, देव गुरुगं, नारायण अधिकारी, उमाकान्त पगेनी, सरिता शेरचन, भगवती खरेल, कमला केसी लगायतले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सघंका उपाध्यक्ष लक्ष्मी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा संघमा आवद्ध दिदिबिहिनी एवं दाजुभाई तथा सम्पूर्ण सहभागीहरु सामुहिक रुपमा दर खाई नाचगान समेत गरेका थिए । संघको भवन बनाउन यति ब्रुअरीले विशेष सहयोग समेत गरेको सो अवसरमा जानकारी गराईएको थियो ।

कार्यक्रममा यति ब्रुअरीका बजार प्रबन्धक पवित्र थापा र मानबहादुर सिंहको समेत विशेष उपस्थित रहेको थियो ।  यतिको बजारमा यतिवेला अर्ना प्रिमियम र अर्ना लाईट चर्चीत व्राण्ड हुन् ।