तीजको अवसरमा जेष्ठ नागरीक र एकल महिला सम्मान

चितवन, २३ भदौ ।  खैरहनी नगरपालिका २ लदरीका जेष्ठ नागरीक र एकल महिलाहरुलाई सम्मान गरिएको छ । तीजको अवसर पारेर जनचेतना टोल विकास संस्थाले आफ्नो क्षेत्र भित्र रहेका जेष्ठ नागरीक र एकल महिलाहरुलाई शनिवार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथी खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया र संस्थाका अध्यक्ष भरतराज घिमिरेले उनीहरुलाई दोसल्ला ओढाई नगद,खानेकुरा प्रदान गर्दै सम्मान गरे । सम्मानित हुनेहरुमा १३ जना जेष्ठ नागरीक तथा २१ जना एक महिला रहेको संस्थाका सचिव विकास ढुंगानाले जानकारी दिए । टोल विकास संस्थाका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी,समाजसेवी रामेश्वर पोखरेल,सल्लाहाकार संयोजक मुकुन्द दुवाडी,उपाध्यक्ष विनिता दुवाडी लगायतले मन्तव्य राखेका थिए ।