राप्तीमा भव्यताका साथ मनाइयो राष्ट्रिय शिक्षा दिवस

चितवन, २३ भदौ । पुर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भव्य कार्यक्रमको आयोजना गरी राष्ट्रिय शिक्षा तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस मनाईएको छ । “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार” भन्ने नारासहित आज ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२औं अन्तर्रािष्ट्रय साक्षरता दिवस मनाइएको हो । नगरमा रहेको विभिन्न विद्यालयबाट विद्यार्थीहरुले झाँकी निकालेर कार्यक्रमको शोभा बढाएका थिए ।

नगरपालिकाले भण्डारा मा.विको प्राङ्गणमा आयोजना गरेको सो कार्यक्रममा शिक्षा विकासमा योगदान गर्न व्यतिm, उत्कृष्ट शिक्षकलाइ सम्मान र विद्यार्थीलाइ पुरस्कृत गरिएको थियो । सो कार्यक्रममा २०७४ सालमा एसईई परीक्षामा नगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका उत्कृष्ट जिपिए ल्याउने ६८ जना विद्यार्थी र माध्यमिक तहमा पढाइ हुने नौ वटै विषयका उत्कृष्ट शिक्षकलाइ सम्मान गरिएको नगरपालिकाका शिक्षा प्रमुख हुमाकान्त अधिकारीले बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्राथमिक विद्यालयका शिक्षकलाइ समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका प्रदेश नम्बर ३ का भूमि सुधार तथा कृषि मन्त्री दावा लामाले सय वर्ष अघि लेख्न, पढन खोज्दा राणाहरुले हात काटिदिने भन्दै अहिले शिक्षा दिवस मनाउन पाउनु सौभाग्य रहेको बताउनु भयो । उहाँले यस अवसरको सदुपयोग गरि मुलुक निर्माणमा भाग लिन समेत सम्पूर्ण विद्यार्थीहरुलाइ आग्रह गर्नुभयो । प्रमुख अतिथि लामाले अब व्यवहारिक शिक्षाको आवश्यकता रहेको भन्दै कृषिबाट पनि शिक्षा हासिल गर्न सकिने बताउनुभयो ।
नगरप्रमुख प्रभा बरालले कार्यक्रममा नगरको शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगर उपप्रमुख इमान सिंह लामाले स्वागत मन्तव्य राख्नु भएको थियो । स्वागत मन्तव्य राख्दै लामाले शिक्षा भए असम्भव केहि नरहेकाले विभिन्न बाधा व्यवधानलाइ चिर्दै शिक्षा आर्जन गर्न र गराउन सबै विद्यार्थी र शिक्षकलाइ आग्रह गरे ।

नगर प्याब्सनका अध्यक्ष रामकृष्ण पन्तले नगर प्रमुखले प्रस्तुत गर्नुभएको प्रतिवेदन सह्रनीय रहेको बताउदै प्याब्सनले शिक्षा क्षेत्रका निम्ती नगरपालिकालाइ सदैव सहयोग गर्न प्रतिबद्धता व्यतm गर्नुभयो ।
कार्यक्रममा माध्यमिक विद्यालयमा कर्मचारी, शिक्षकको निकै कमि रहेको भन्दै नेपाल शिक्षक महासंघ राप्ती नगर समिताका अध्यक्ष विष्णुहरि कडेलले सरकारलाइ यस विषयमा गम्भिर हुन आग्रह गर्नुभयो ।

अध्यक्ष कडेलले बाल शिक्षकको तलब समेत बढाउनु पर्न माग राख्नुभएको थियो । राप्ती नगरपालिकाका विज्ञ घनश्याम कडेलले आजका बालबालिका भोलिका कर्णधार भएको भन्दै शिक्षा बिना नगरको विकासको कल्पना समेत गर्न नसकिने बताउनु भयो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
नगरप्रमुख प्रभा बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरभित्र रहेका सबै विद्यालयका विद्यार्थी,शिक्षक लगाएतको उपस्थित रहेको थियो ।