समाजवाद निर्माण गरि छाड्छौ : गृहमन्त्री बादल

राजेन्द्र न्यौपाने

गोरखा, २३ भदौ ।सरकारका गृहमन्त्री रामबहादुर थापाले जसरी पनि समाजवाद ल्याउने बताएका छन् । आज गोरखाको पालुङ्टार स्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र भीमसेन पोखरेलको १९ औं स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री थापाले भने ‘समृद्ध र सुखी नेपालको स्थापना नै समाजबाद हो, भ्रष्टचारी, दलाली, ठग, तस्कर, घुसखाने प्रशासक, प्रहरी, बैदेशिक रोजगारमा ठगी गर्ने दलालहरु, सिण्डीकेटधारीहरु, उपभोक्ता समितिका नामबाट विकासमा अवरोध पु¥याउनेहरु, महिला दिदी वहिनीहरुलाई वेचविखन गर्नेहरु, काम नगर्ने ठेकेदारहरु, बलत्कार गर्नेहरु, जग्गा दलाल, जनताका काममा ढिला सुस्ती गर्नेहरु समावादका बाधक रहेकाले यिनीहरुलाई ठेगान लगाएर समाजबाद ल्याइन्छ । ’

जनवादी क्रान्ति पूरा भएको बताउँदै अवको क्रान्ति समाजवादी क्रान्ति भएको उनले बताए । समाजबादी क्रान्तिका मुख्य दुश्मनहरु पहिचानको क्रममा रहेको उनको भनाई थियो ।

सहिदहरुका बलिदानको पाठलाई नयाँ ढंगबाट सिक्नुपर्ने बताउँदै समाजबाद के हो र यसका बाधक को हुन भनेर गहिरिएर अध्ययन गर्नुपर्ने बेला आएको मन्त्री थापाको भनाई छ ।

जनयुद्धका समय गोरखामा के गरेछन थापाले ?

आज भन्दा तीन दशक अगाडि सिरानचोकको डाँडामा बसेर सल्फर कार्वन घोटेर बारुद्ध निर्माण गरेका थियौं । पार्टी हेडक्वाटर गोरखामा स्थापना गरी गोरखाबाट जनयुद्धको थालनी गरिएको थियो ।

के हो समाजवाद ?

समाजवाद भनेको समृद्धि र विकास हो । जनतालाई समृछ र सुखी बताउने हो । समाजवाद भनेको सबै शिक्षित, सुखी र रोजगार प्राप्त हुने अवस्था हो । हिजोका राजतन्त्र, जमिनदारहरुलाई पन्छाउनका लागि गणतन्त्र स्थापना गरे जसरी नै समाजवाद स्थापनामा बाधा पार्नेहरु विरुद्ध सबै एक भएर लाग्नुपर्छ ।

को हुन समाजवादका विरोधी ?

घुसलिने र दिने, भ्रष्टचारी, जनताका काम नगर्ने प्रशासकहरु, प्रहरीहरु, व्यापार व्यवसायमा सिण्डीकेट कायम राख्न चाहनेहरु, ठेकेदार, ठग, तस्कर, जल, जंगल र जमिनको मिच्याई गर्नेहरु समाजवादका विरोधी हुन ।

सरकार के गरेर बसेको छ ?

नेकपा नेतृत्वमा सरकार बनेको ६ महिना हुँदा सम्म केही प्रगति भएन भनेर बाहिर बजारमा हल्ला गर्नेहरु धेरै छन् । पराजित मानसिकतालाई १०० ले गुणा गरेर जीत खोज्नेहरु यही समाजमा छन् ।

प्रतिगामि शक्ति राजनैतिक अस्थिरता कायम गरी सरकारलाई कमजोर पार्न उद्धत छ । सरकारले संघीयता लागू गरेको छ । धेरै कामहरु भएका छन् । ठोस योजनाहरु निर्माण भएका छन् ।

दुस्मनको भ्रममा हामीहरु पर्नुहुुँदैन । सरकारको कामहरुमा चिन्ता र चासो राख्नु सल्लाह दिनु आम नागरिकहरुको कर्तव्य हो । सरकार समृद्ध राष्ट्र निर्माणका लागि काम गरिरहेको छ । सहिद सुरेश वाग्ले स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्री थापाले लिगलिगकोट, हर्मीकोछ, स्मृति प्रतिस्ठान र सिरान्चोकलाई एउटा सर्किटको रुपमा विकास गर्नुपर्ने र आफू सहयोगका लागि तयार रहेको बताए ।

कार्यक्रममा नेकपाका गण्डकी प्रदेश संयोजक हितराजपाण्डेले सहिद सुरेश वाग्ले र भिमसेन पोखरेलले देखाएको बाटोमा अविचलित भई निरन्तर काम गरिरहने बताए ।

प्रतिनिधि सभाका सभासद हरीराज अधिकारीले सहिद स्मृति प्रतिष्ठानले युद्ध संग्रहालय निर्माणको योजना बताउनुपर्ने बताए । कार्यक्रममा सहित सुरेश वाग्लेका छोरा विकास वाग्ले, नेकपाका नेता जुद्ध विलास भण्डारी, प्रदेश सभासद हरीशरण आचार्य लगायतले स्मृति मन्तव्य राखेका थिए ।

सुरेश वाग्ले र भीमसेन पोखरेलको २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले हत्या गरेको थियो । प्रतिष्ठानले कार्यक्रममा विभिन्न विद्यालयका गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गरेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लोकनाथ वाग्लेको अध्यक्षता र महासचिव लेखनाथ न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।