अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना भएको आशंका,सवार सबैको परिचय खुल्यो

धादिङ २३ भदौ । गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गरेको अल्टिच्युड एअरको धादिङमा दुर्घटना भएको आशंका गरिएको छ ।  ।काठमाडौँबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सानागाउँ पुगेको हेलिकोप्टरले पर्यटक छाडी त्यहाँबाट क्याप्टेन सहित ७ जना यात्रु लिएर काठमाडौँका लागि उडेको एयरलाइन्सले जानकारी दिएको छ । यात्रु मध्ये एक जापनिज नागरिक छन् ।

हेलिकोप्टरमा क्याप्टेन निश्ल केसी सहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको एयरलाइन्सले जानकारी दिए ।

धादिङ जिल्लाको खनियाबास गाउँपालिका, नेत्रावती डापजोङ गाउँपालिका र नुवाकोट जिल्लाको म्यागङ गाउँपालिकाको सीमा क्षेत्रको जंगलमा दुर्घटना भएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ । दुवै जिल्लाबाट हेलिकोप्टर खसेको क्षेत्र पहिचानका लागि प्रहरी परिचालन गरिएको धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए । घटनाको थप बिस्तृत विवरण आउन बाँकी छ ।