फोर्ब्स कलेजद्धारा साईबर क्राइम सम्बन्धी सेमिनार सम्पन्न

चितवन, २२ भदौ । फोर्ब्स  कलेजले साईवर क्राइम सम्बन्धी एक दिने सेमिनार सम्पन्न गरेको छ । समाजमा बढ्दै गइरहेको साइवर अपराधलाई न्यूनिकरण गरि एउटा सुरक्षित डिजिटल समाज निर्माण गर्नको निमित्त कलेजले कार्यक्रम आयोजना गरिएको हो ।
कलेजका प्रिन्सिपल दीपक गौतमको प्रमुख आतिथ्य तथा सह–प्राचार्य हरिशरण पाठक विशिष्ट आतिथ्य र विसिएस नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्यूरिटीमा अध्ययनरत विद्यार्थीहरुको सिसिएसए क्लब साइबर क्रमईम सेक्यूरिटी एण्ड अवार्नेस २०७५कार्यक्रमका अध्यक्ष राजन धितालको सभापतित्वमा सेमिनार सम्पन्न भएको हो ।


कार्यक्रममा आईटी विभागीय प्रमुख इ.सुलभ अधिकारी,इ. दिवस न्यौपाने तथा कलेजका प्राध्यापकहरुको पनि आतिथ्य रहेको थियो ।
दिप्सन खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा विपु ओझा, आसा भण्डारी र सञ्जय न्यौपानले कार्यपत्र प्रश्तुत गरेका थिए ।
इ. सुलभ अधिकारीले करियर काउन्सिलिङ अन्तरगत नेटवर्क टेक्नोलोजी एण्ड साईबरको पढाईको आवस्यकता बारे जानकारी दिएका थिए ।
त्यसै गरि प्राचार्य दीपक गौतमले चितवनमा नै अन्तर्राष्ट्रिय स्तरको शिक्षा फोब्र्स कलेजले दिइरहेको हुदाँ विएचएम तथा आईटी पढ्न विदेश गइरहनु नपर्ने बताए ।

सिसिएसए क्लबले हाल विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई साईबर अपराध नियन्त्रण सम्बन्धि क्रार्यक्रम लिएर गईरहेको र भविष्यमा सामाजमा रहेका विभिन्न क्लब, महिला समूह, आमा समूह, तथा टोल सुधार समितिमा समेत सो कार्यक्रम लिएर जाने कलेजका सह–प्राचार्य हरिशरण पाठकले जानकारी दिए । सो कलेजले प्लस टुमा डि प्ल्स आएका विद्यार्थीहरुले समेत भर्ना हुन पाउने गरि भर्ना खोलीएको समेत कलेजका सह– प्राचार्य हरिशरण पाठकले जानकारी दिए ।

चितवनमा अन्तर्रा्ष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा मन्त्रालबाट स्वीकृति प्राप्त गरि यरेका विश्वविद्यालय, स्वीजरल्याण्डबाट सम्बन्धन लिइ बिएचएम तथा बिसिएस आइटी कार्यक्रम फोर्ब्स  कलेजले संचालन गरिरहेको छ ।