जनप्रतिनिधिद्धारा पत्रकारमाथि हातपात गरेकोप्रति चितवनका विभिन्न पत्रकार संगठनहरुको गम्भिर ध्यानाकर्षण

गैँडाकोट,२२ भदौ । गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिद्धारा पत्रकारमाथि हातपात भएको भन्दै नेपाल पत्रकार महासंघ चितवन लगायउ्त विभिन्न पत्रकार संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जनअर्पण साप्ताहिकका सह सम्पादक अजय गोर्खालीलाई समाचार संकलनका क्रममा गैँडाकोट नगरपालिकामा आज दिउँसो भएको हातपातको घटना प्रति पत्रकार महासंघ चितवनले घटनामा संलग्न दोषीलाई कानुनी कारवाहीको जोडदार माग गरेको छ ।

यसैगरी प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, प्रेस चितवनका सचिव गोविन्द घिमिरे, प्रेस युनियन चितवनका सचिव अनिल ढकाल र क्रान्तीकारी पत्रकार संगठन चितवनका अध्यक्ष होमनाथ न्यौपानेद्धारा सयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।