राप्तीमा बक्तृत्वकला सम्पन्न

अनुज न्यौपाने

चितवन , २२ भाद्र । राप्ती नगरपालिकाको आयोजनामा राप्ती नगरपालिका स्तरीय अन्तर मा.वि बक्तृत्वकला प्रतियोगिता भण्डारा स्थित भण्डारा माध्यमिक बिद्यालयको सभाहलमा सम्पन्न भएको छ । नगर प्याब्सनको सहयोगमा नगरपालिकाले ३९ औ राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारी बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

“मानव बेचविखन तथा ओसार पोसार विरुद्ध विद्यार्थीको भुमिका” बिषयक बक्तृत्वकला प्रतियोगितामा राप्ती नगरपालिकाका ५ वटा सामुदायिक र ६ वटा संस्थागत बिद्यालय सम्मिलित थिए । प्रतियोगितामा संलग्न प्रतियोगीहरुमध्ये भण्डारा माविकि पवित्रा सुनार प्रथम, साकुरा एकाडेमीकी दिक्षा कडेल द्धितिय र वुद्ध शान्ति माविकि बबिता थिङले तृतिय पुरस्कार प्राप्त गर्नुभएको छ । बिजयी बिद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्रद्धारा ३९ औ शिक्षा दिवसको अवसरमा नगरपालिकाले भदौ २३ गते आयोजना गर्न कार्यक्रममा सम्मान गरिने नगरपालिकाका शिक्षा अधिकृत हुमाकान्त अधिकारीले जानाकारी दिनुभयो ।

नगरपालिकाका शिक्षा प्रमुख हुमाकान्त अधिकारीको अध्यक्षतामा भएको  कार्यक्रमा प्रमुख अतिथि नगरप्रमुख प्रभा बराल, उपप्रमुख इमान सिंह लामा लगाएतले मन्तव्य राख्नुभएको थियो ।