नवविवाहित महिला आफ्नै पति र जेठाजूबाट पर्सामा बलात्कृत !

 

पर्सा, भदौ २२ । पर्सा जिल्लमा एक नवविवाहित महिला आफ्नै पति र जेठाजूबाट सामूहिक बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । यहाँको पोखरिया नपा–१, वनकटवाका २७ वर्षीय राजकपुर ठाकुर र उनका दाजु ४० वर्षीय सुरेन्द्रले नवविवाहित महिलाको बलात्कार गरेका हुन् ।

यहाँकी राजकपुरकी २० वर्षीया पत्नीले आफ्नै पति र जेठाजू मिलेर आफूलाई पटक–पटक बलात्कार गर्ने गरेको भन्दै साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा जोहरी दिएकी थिइन् । त्यसपछि फरार रहेका आरोपित दुवैलाई प्रहरीले करिब महिनादिनपछि पक्राउ गरेको हो ।

उनी र राजकपुरबीच गएको असार ७ गते मागी विहे भएको थियो । पीडित महिलाले असार ११ गते राति करिब ११ बजेको समयमा आफू पति राजकपुरसँग घरको कोठामा रहेका बेला जेठाजु सुरेन्द्र पनि आफ्नो कोठामा प्रवेश गरेर दुवैले एकसाथ बलात्कार गरेको जोहरीका उललेख गरेकी छन् ।

पक्राउ परेका दाजुभाइलाई पर्सा जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले दुवैलाई जेल चलान गरेको छ । अदालतले आफ्नै पत्नी र भाइ–बुहारीलाई सामूहिक बलात्कार गरेको आरोपमा पति र जेठाजूलाई अनुसन्धान गर्न थुनामा राख्न आदेश दिएको हो ।

यता, पक्राउ परेका आरोपित राजकपुर र सुरेन्द्रले भने आफूहरूमाथि लगाइएको आरोप झुठो रहेको अदालतमा बयान दिएका छन् ।