देशैभर १५ औं निजामति सेवा दिवस मनाईदै 

चितवन, २२ भदौँ ।  आज १५ औं निजामति सेवा दिवस निजामति कर्मचारीले कार्यक्रम गरी मनाउँदैछन् ।

‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ भन्ने मूलनाराका साथ आज दिवस मनाउन लागिएको हो । नेपालमा निजामति सेवा गठन भएको ६२ वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष भदौ २२ गते निजामति दिवस मनाउन थालिएको हो । हाल नेपालमा करिब ८५ हजार निजामती कर्मचारी कार्यरत छन् ।

दिवसको अवसर पारेर सामान्य प्रशासन मन्त्रालयले आज १० जना कर्मचारीलाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गर्दैछ ।