चट्याङले फेरि मकवानपुरमा लियो ज्यान

मकवानपुर,२१ भदौ ।मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीबार पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हेटौडा उपमहानगपालिका–१३ पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बाालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए। उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका–११ ठिँगनामा ३७ बर्षीय कृष्णलाल स्याङ्तान र हेटौडा उपमहानगरपालिका ७ की ४० वर्षीया सावित्री लुईटेल घाइते भएका छन् । उनीहरु दुबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरमा पटक पटक चट्याङबाट सर्वसाधारणहरुको ज्यान जाने गरेको छ ।