श्रीमतीलाई थाहै नदिइ श्रीमानद्वारा सम्बन्ध विच्छेद

सुशील सुबेदी

स्याङ्जा,२१ भदौँ । स्याङजामा श्रीमतीले थाहै नपाई सम्बन्ध बिच्छेद भएको छ । ४४ सालमा मागी विवाह गरेका मोहन कुमार क्षेत्री र मिना कुमारी श्रेत्रीको सम्बन्ध बिच्छेद भएको मिनालाई पत्तो भएन ।

श्रीमान् मोहनले श्रीमतीलाई पिट्ने , लाउन खान नदिने गरेपछी माईतीको सहयोगमा पोखरा बस्दै आएकी मिनाले २ छोरीलाई मजदुरी गरेर पढाईन । अहिले छोरीको अशै खोज्न अदालत आउंदा सम्बन्ध बिच्छेदको घटनाले झसंग भईन् ।

मिनाले बिरुवा अर्चलेका राजेन्द« श्रेत्रीसंग बिवाह गरेको झुट्टा कागजात पेश गरेर अदालतबाट स्वतह सम्बन्ध विच्छेदको फैसला भएको फिराद पत्रमा देखीन आएको छ ।

अब न्यायको खोजीमा मिना कुमारीले पुन श्रीमान् बिरुद्ध हक कायम , जाल सांझी र लिखीत गाली बेईजती मुद्धा दर्ता गरेकी छीन् ।