मन्त्रिपरिषदको निर्णय : विद्यार्थीको खाजा नदिने १३ लाख बालबालिका प्रभावित

 

काठमाडौं, २१ भदौँ। २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् ।

२०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपीको सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

यो कार्यक्रमअन्र्तगत २ लाख ६० हजार बालबालिकाले दिवाखाजा पाउँदै आएका छन् । सविधानले प्राथमिक शिक्षालाई अनिवार्य र माध्यामिकलाई निशुल्क गरेलगत्तै सरकारले दिवाखाजा कार्यक्रम कटौती गरेको हो ।