नदिजन्य पर्दाथ ओसार पसार गर्ने ८ ट्याक्टर चितवन प्रहरीको नियन्त्रणमा

रत्ननगर भदौ २० ।

पूर्वी चितवनको कयर खोलाबाट नदिजन्य पदार्थ उत्खननमा सलग्न रहेका ८ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी र रत्ननगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन कार्यमा कडाई गर्ने निर्णय गरेको भोलिपल्ट बुधवार उत्खननमा सलग्न ८ वटा ट्याक्टर  यन्त्रणमा लिईएको हो । इलाका प्रहरी कार्यालय टाँडीले ६ वटा र इलाका प्रहरी कार्यालय खैरहनीले २ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी ) दयानिधी ज्ञवालीका अनुसार ना ३ त ८२६,ना ६ त ६९७७,ना ४ त ७४२९,ना २ त ७९१९,ना ३ त ३४२५ र ना ५ त ६९९६ नम्वरको ट्याक्टर नियन्त्रणमा लिईएको हो ।

उता इलाका प्रहरी कार्यालय खैरहनीले पनि बुधवार विहान कयर खोलाबाट २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी निरिक्षक कैलाश विष्टका अनुसार ना ३ त २०४ र ना ३ त ७१० नम्वरको ट्याक्टर नियन्त्रणमा लिईएको छ । खैरहनी नगरपालिका १ का वडाध्यक्ष भुमीप्रसाद कडेंलको सुचनाको आधारमा ति ट्याक्टरहरुलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक विष्टले वताए । प्रहरी,स्थानीयवासीको सहयोगमा अवैध रुपमा गिट्टी,वालुवा उत्खनन कार्य रोक्ने मंगलवार रत्ननगर र खैरहनीका मेयर तथा वडाध्यक्षहरुको वैठकले निर्णय गरेको थियो ।