फोब्र्स कलेजले साईवर क्राइम सम्बन्धी सेमिनार गर्ने

चितवन, २० भदौ । फोब्र्स कलेजले साईवर क्राइम सम्बन्धी एक दिने सेमिनार गर्ने भएको छ । समाजमा बढ्दै गइरहेको साइवर अपराधलाई न्यूनिकरण गरि एउटा सुरक्षित डिजिटल समाज निर्माण गर्नको निमित्त भदौ २२ गते शुक्रबार विहान ११ बजे  कलेज परिसरमा कार्यक्रम आयोजना गर्न लागिएको कलेजले जनाएको छ ।

विसिएस नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्यूरिटीमा अध्ययनरत विद्यार्थीहरुको सिसिएसए क्बले साइबर क्रमईम सेक्यूरिटी एण्ड अवार्नेस २०७५ शिर्षकमा हुन गईरहेको सेमिनारमा सम्पूर्ण प्ल्स टु पास गरेर वसेका विद्यार्थीहरुलाई निमन्त्रणा गरिएको आइटी विभागीय प्रमुख सुलभ अधिकारीले जानकारी दिनुभयो ।
साथै आईटी तथटा विएचएम विषय पढ्न इच्छुक विद्यार्थीहरुलाई ध्यानमा राखी क्यारिअर काउन्सिलिङको कार्यक्रम पनि सोही अवसरमा गरिने कलेजका प्रिन्सिपल दीप गौतमले जानकारी दिनुभयो ।
चितवनमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा मन्त्रालबाट स्वीकृति प्राप्त गरि यूरोपका विश्वविद्यालय, स्वीजरल्याण्डबाट सम्बन्धन लिइ बिएचएम तथा बिसिएस आइटी कार्यक्रम फोब्र्स कलेजले संचालन गरिरहेको छ ।

सो कलेजले प्लस टुमा डि प्ल्स आएका विद्यार्थीहरुले समेत भर्ना हुन पाउने गरि भर्ना खोलीएको कलेजका सह– प्राचार्य हरिशरण पाठकले जानकारी दिनुभयो ।