एसिया कप छनोट : नेपालको दोस्रो विकेट पतन, कप्तान पारस १४ रनमा आउट

काठमाडौं, भदौ १९ । एसिया कप छनोटको अन्तिम खेलमा हङकङविरुद्ध नेपालको दोस्रो विकेट पतन भएको छ । हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने दबाबमा रहेको नेपालले दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको छ ।

पहिलो विकेटका रुपमा ओपनर सुबास खकुरेललाई शून्य रनमा गुमाएको नेपाल कप्तान खड्का १४ रनमा आउट भएपछि दबाबमा आएको छ । मलेसियाको यूएम वाइएसडी स्टेडियममा यसअघि ओपनर खकुरेल १ बल खेल्दै पभेलियन फर्किएका थियए । चिसो मैदानका कारण ढिलोगरी सुरु गरिएको खेलमा नेपालको खराब सुरुवात देखिएको छ ।

हङकङलाई फराकिलो अन्तरले पराजित मात्र होइन ओमान र यूएईबीचको नतिजाले नेपालको अर्को चरणको यात्रा निर्धारण गर्नेछ । ओमान बायुमास ओभलमा टस जितेर युएईविरुद्ध बलिङ गरिरहेको छ । १० ओभरको समाप्तिमा यूएई १ विकेटको क्षतिमा ४२ रनमा खेलिरहेको छ ।