अद्धैतको ज्ञान महायज्ञको समापन

चितवन, १८ भदौँ । अद्धैत सस्था नारायणी अञ्चल गंगा ज्योती शााखा अद्धैत मार्ग भ.न.पा २ चितवनमा आयोजीत पञ्चंदीवसीय राष्ट्रव्यापी महासत्संग समारोह ज्ञान महायज्ञको समापन गरिएकोे छ ।
कार्यक्रममा सरीता उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रचण्ड ब्रम्हज्ञानी श्री गुरुदेवद्धारा रचित नेपाली उपनिषद गितामृत, अवधुतगीता आदिको लगायतकोे पाठ पारायण गरिएको थियो
। कार्यक्रममा गुरु आमा अर्पणा चक्रबर्ति ज्यु, देवेश्वर सरस्वती , बिष्णुप्रसाद सरस्वती, बिष्णुप्रसाद आचार्य, बिष्णुहरी सापकोटा, बसन्तलाल सरस्वती, अनन्तलाल सरस्वती,रामचन्द्रं महत, भोलानाथ कोईराला लगायतले पाठ पारायण गर्नुभएको थियो ।
कार्यक्रमका सस्थाका कुलपति श्री गुरुदेव श्रीमान प्रताप चक्रबर्तिले दिप वालेर उत्घाटन गर्नु भयो । त्यस्तै गुरु आमा अर्पणा चक्रबर्ति ज्युले गंगा ज्योती स्मृति पुरस्कारबाट नमस्ते टेलीभिजनलाई पनि सम्मानित गर्नुभएको छ ।
समाचार संकलन र प्रचार प्रसारमा सहयोगी भुमिका खेलेको भन्दै नमस्ते टेलीभिजनलाई सम्मानित गरिएको जनाईएको छ । साथै कुलपति श्री गुरुदेव श्रीमान प्रताप चक्रबर्तिले ईश्वरविज्ञान पाचौं सस्करणंको सोमबार बिमोचन गर्नुभएको छ ।