खैरहनीमा राधाकृष्ण रथ यात्रा

सन्तोष भण्डारी
चितवन, १८ भदौँ । पूर्वी चितवनको खैरहनी नगरपालिकामा एेतिहासिक राधाकृष्ण रथ यात्राको ५१ औँ संस्करण विधिवत् रुपमा सकिएको छ । श्री कृष्णजन्मअष्टमीको अवसरमा पारेर युवा स्वर्ण तारा क्लबले अष्टमीको भोलिपल्ट यो रथ यात्रा आयोजना गरेको हो ।


रथ यात्रा पूरानो पर्सा बजारको चौताराबाट सुरु भई नयाँ पर्साबजार चौविसकोठी चोक, मगनी चोक हुदै पुनःपुरानो पर्साको चौतारामा पुगेर सएिको थियो ।

रथ यात्राको दर्शन गर्न खैरहनी गरपालिकाका उप मेयर सुनिता थपलिया, खैरहनी नगरपालिका वडा न. ६ का वडा अध्यक्ष राम शरण पाण्डे सहित हजारौँको संख्यामा सर्वसाधारणको सहभागीता रहेको थियो ।

विसं १९८८ देखि खट यात्राबाट सुरु भएको यस धार्मिक कार्य विसं २०२५ देखि रथ यात्राका रुपमा परिणत भएको ईतिहास छ ।