खैरहनी नगरको बार्षिक समिक्षा : समृद्ध नगरका लागि एक जुट हौ

चितवन, १८ भदौँ भदौ । खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रगति समिक्षा गरिएको छ ।
सोमबार नगरपालिकामा आयोजित समिक्षा गोष्ठीमा विभिन्न दलहरुका प्रतिनिधीहरु र नगरपालिकाका जनप्रतिनिधीहरुले सवै एक जुट भएर खैरहनीलाई समृद्ध नगर वनाउने प्रतिवद्धता जनाए ।
गोष्ठीमा नेपाली काग्रेश खैरहनी नगर उपसभापति भजनप्रसाद मुडवरीले पक्ष,प्रतिपक्ष नभनि समृद्ध नगर वनाउनु पर्नेमा जोड दिए । समृद्ध नगर होस भन्ने सवैको चाहाना हो काग्रेश उपसभापति मुडवरीले भने – प्रतिपक्षको नाताले सुन्दर नगर वनाउन हामी तयार छौ ।
छोटो समयमा विकासे काम नदेखिने भएपनि दिगो विकासको काम गर्नु पर्ने औल्याए । नेकपाका झगरु चौधरीले जनप्रतिनिधीकै भुमिकामा नगरमा कृषि क्याम्पस आएको उल्लेख गर्दै आगामी दिनमा पनि देखिने काम गर्न सुझाव दिए ।
राष्ट्रिय जनता पार्टीका राजकुमार वर्तौला,उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा लगायतले फोहोर व्यवस्थापन,वाल उद्यान निर्माण लगायतको काममा तदारुकता देखाउन सुझाए ।
खैरहनी नगर प्रमुख लालमणी चौधरीले नगरको विकासका लागि प्रतिपक्षको साथ सधै लिने प्रतिवद्धता जनाए ।
विकास रिले दौड जस्तै भएकाले तुरुन्त प्रतिफल आश गर्न नहुने उल्लेख गर्दै नगर प्रमुख चौधरीले समृद्ध नगर निर्माणमा सवै नगरवासीको साथ चाहिने वताए । गोष्ठीमा नगरपालिकाका इन्जिनियर राजेश कोईरालाले नगरपालिकाले गत आर्थिक वर्षमा गरेका योजना तथा कार्यक्रमको विवरण पेश गरेका थिए ।
कुल वजेटको ५२ करोड २२ लाख रुपैया मात्र खर्च भएको छ । गत आर्थिक वर्षमा खैरहनी नगरपालिकाको कुल वजेट ५७ करोड ५५ लाख थियो । जसमा ५ करोड ३३ लाख रुपैया वाँकी रहेको छ ।
१३ वटा क्रमागत योजनाहरुको भुक्तानीका लागि ४ करोड २२ लाख,विभिन्न कोषको १ करोड ९ लाख र जिल्ला प्रशासन कार्यालयलाई फिर्ता पठाउनु पर्ने रकम १५ लाख रहेकाले वाँकी देखिएको इन्जिनियर कोईरालाले वताए ।
प्रस्तुत प्रतिवेदन अनुसार नगरपालिकामा न्यायिक समिति गठन भएपछि २८ वटा मुद्याको फैसला गरेको छ । दर्ता भएका अन्य ५ वटा मुद्याहरु मेलमिलाप समितिलाई समाधानका लागि जिम्मा दिईएको छ ।
न्यायिक समिति संयोजक समेत रहेकी नगर उपप्रमुख सुनिता खरेलका अनुसार मेलमिलापको समेत गरी गत आर्थिक वर्षमा १ सय ८९ वटा विवाद दर्ता भएको १ सय ६७ वटा समाधान गरेको जानकारी दिईन् ।
नगर प्रमुख लालमणी चौधरीको अध्यक्षतामा भएको गोष्ठीमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले कार्यक्रमको उदेश्यमाथी प्रकाश पारेका थिए ।