चितवन मदिरा व्यवसायी संघकामा गोविन्दको नेतृत्व

चितवन, भदौँ १८ । चितवन मदिरा व्यवसायी संघको पाँचौ साधारणसभा तथा प्रथम अधिवेशन चितवनको ज्ञानेश्वर सामुदायिक वनको सभाहलमा सम्पन्न भएको छ । विगत केही वर्षयता निश्क्रिय रुपमा रहेको सघं पुनः नयाँ कार्यसमिति सहित गोविन्द पाण्डेको अध्यक्षतामा सक्रिय भएको हो ।
पाण्डेको अध्यक्षतामा संघले १३ जना कार्यसमिति निर्विरोध चयन गगेर कार्यक्रम सम्पन्न गरेको छ । जसमा उपाध्यक्षमा निरेस कुमार सिंह, महासचिव राम बस्नेत, सचिव निर्मल शर्मा, कोषाध्यक्ष लेखनाथ पौडेल रहेका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा नमराज रेग्मी, तुल नारायण श्रेष्ठ, युवराज क्षेत्री, रामबावु रेग्मी, सुरज हमाल, यम बहादुर गुरुङ, टेक नारायण शर्मा र अमिता भट्टराई रहका छन् ।
चितवन मदिरा व्यवसायी संघका निर्वाचित अध्यक्ष गोविन्द पाण्डेले आफु निर्वाचित भएपछि पहिलो काम भनेको मदिरा व्यवसायिहरुलाई व्यवसाय गरेर म बाँच्न सक्छु भन्ने आधार बनाउने हो भन्दै उनले अहिले धेरैने समस्या रहेको करको बारेमा छलफल गरेर सहज तरिकासँग समाधान गर्ने बताए । सबै एकजुट भएपछि भएका समस्या समाधान गर्न सजिलो हुने र आफ्नो कामलाई सहयोग गर्न सबै व्यवसायिक सदस्यहरुलाई समेत आग्रह गरे ।


कार्यक्रमको उद्घाटन समारोह उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको प्रमुख आतित्थ्यता रहेको थियो । त्यसैगरी विशिष्ठ अतिथिहरुमा उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधान र उवासंघ चितवनका उपाध्यक्ष भोजराज कौडाल रहेका थिए ।
त्यसैगरी कार्यक्रममा सल्लााहकारहरु राजु श्रेष्ठ, इन्द्रंमान सिहं र पूर्वी चितवन मदिरा व्यवसायी संघका अध्यक्ष मनिष अधिकारी, होटल व्यवसायी संघ चितवनका अध्यक्ष कमल शर्मा गौतमको आतित्थ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनमा अध्यक्ष सहनलाल प्रधानले मदिरा व्यवसायीहरुले भोग्दै आएको समस्याहरुको बारेमा सम्वोधन गरेका थिए । उनले मदिरा व्यवसाय लगायत अन्य व्यवसायमा कर लगाउँदा व्यवहारीक नभएकोे र सोको बारेमा आफुले महानगरपालिकासँग छलफल गरेर व्यवहारीक बनाउने प्रयास गरेको बताए । उनले व्यवसायहरुमा कर लगाउँदा व्यवसायीहरुकोे वर्गिकरण गरेर कर लागउँदा उपयुक्त हुने बताए ।
मदिरा व्यवसायीहको कर तथा समस्याहरुको बारेमा महानगरपालिका तथा स्थानिय सरकारसँग पहल गर्न पहिले नपाएको र यसरी मदिरा व्यवसायीहरु संगठित हुँदा अब यसको बारेमा बिस्तृत रुपमा छलफल गर्ने उनले बताए । व्यवसायीहरुको कारोवारको आधारमा कर लाउने विषयमा आफुले पहल गर्ने समेत उनको भनाई थियो । कारोवारको आधारमा कर नभएसम्म व्यवसायीहरुले तिर्ने कर वैज्ञानिक नहुने भन्दै उनले मदिरा व्यवसायबाट सामाजिक उत्तरदायित्व वहन गर्न समेत आग्रह गरे ।
उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष भोजराज कौडालले आफ्ना व्यवसायहरुमा आएको समस्याहरु सबै मिलेर समाधान गर्नको लागि संधको अवधारण भएको भन्दै यस्ता संघहरु एकजुटभएपछि आफ्नो समस्या आफै समाधान गर्न सक्ने बताए ।
अहिलेको समस्या भनेको साना व्यवसायी र ठुला व्यवसायीले तिर्नुपर्ने कर एकै हुन गएको र यसको उचीत समाधान गर्न उवासंघले पहल गरेको उनको भनाई थियो ।

उद्योग वाणिज्य संघ चितवनकाका पूर्व अध्यक्ष प्रचण्डलाल श्रेष्ठले व्यवसायमा आइपर्ने समस्याहरु यसरीनै एकजुट भएपछि एउटै छातामुनी रहेर समाधान गर्न सक्ने भन्दै सबै एकजुट भएपछि सबै कुराको समाधान गर्न सजिलो हुने उनको भनाई थियो ।
कार्यक्रममा चितवन मदिरा व्यवसायी संघमा आवद्घ सदस्यहरुले आ–आफ्नो व्यवसायको समस्याको बारेमा बोलेका थिए ।

विभिन्न ठाउँमा बिना दर्ता संचालन भएका पसलहरुले गर्दा आफुहरु मारका परेको उनीहरुको गुनासो थियो ।
त्यसैगरी डिलर होलसेल र खुद्रा व्यापारीहरुमा समन्वय नहँुदा, मूल्यमा एकरुपता नआउँदा पनि व्यवसायमा असर पुग्ने र ठूला डिर्पामेन्टरहरुले कम मूल्यमा बिक्री गर्दा मदिरा व्वयसायिहरुलाई गाह्रो भएको उनीहरुको भनाई थियो । सबै मदिराहरुमा मूल्यमा एकरुपता हुनुपर्ने, सबैमा व्यवसायअनुसारका कर लागाउनुपर्ने व्यवसायीहरुको माग थियो ।