चितवन प्रशासनको चेतावनी : तीज तामझाम, भड्कीलो र खर्चिलो बनाए हुन्छ कडा कार्वाही

 

चितवन, १७ भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा भड्किा कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।
एक विज्ञप्तीजारी गर्दै आफ्नो परम्परा, रिति रिवाजलाई निरन्तरता दिने बाहेक अन्य कुनैपनि खालका खर्चिला तथा भड्किला तीजसंग सम्बन्धित संचालन नगर्न,नगराउन सम्पूर्ण जिल्लाबासीमा अनुरोध गरेको छ ।
प्रशासकिय अधिकृत रामचन्द्र ढकालद्धारा हस्तारिक्षत सूचनामा ऐन नियम विपरीत हुनेगरि कोही कसैले अनावश्यक भड्किलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरि तीज कार्यक्रमहरु गरे गराएमा कानुन बमोजिम कारवाही हुने चेतावनी दिईएको छ ।
साथै जिल्ला प्रशासन कार्यालयले सुसंकारयुक्त सामाजिक व्यवहार कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्थाहरु, संचारकर्मी, महिला संजाल तथा सम्पूर्ण जिल्लाबासीबाट सहयोगको अपेक्षा गरेको छ ।