नवौँ बार्षिक उत्सवको अवसरमा अर्पण सहकारी संस्था लि.द्वारा विभिन्न कार्यक्रम सम्पन्न

सुजित हमाल
रत्ननगर, १६ भदाै । पूर्वि चितवनको रत्ननगर १ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्था लि.ले आज रत्ननगरमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाको
नौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

रत्ननगर नगरपालिका वडा नम्बर एकका कार्यवाहक वडा अध्यक्ष बाबुराम गौतमकोप्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा ५ महिला सहित ३८ जनाले रक्तदानगरेका हुन ।

कार्यक्रम संयोजक ध्रुबराज लामिछानेले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा उपाध्यक्ष मेघनाथ पौडेल,सचिव सुरज पौडेल,कोषाध्यक्ष किशोर लगातले मन्तव्य राख्नु भएको थियो ।कार्यक्रम संस्थाका अध्यक्ष यमन भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस्तै वार्षिकोत्सवको कार्यक्रम अन्र्तगत रहेर आजै सहकारी शिक्षा शिविर कार्यक्रम पनि सम्पन्न गरेको छ ।सहकारी संस्थाका सेयर सदस्यहरुलाई सहकारी प्रशिक्षक मिस्टर बाबु घिमिरेले सहजीकरण गर्नुभएको थियो ।त्यस्तैगरि संस्थाले आजै नजिकिदै गरेको हिन्दु महिलाहरुको महान पर्व तीजको अवसरमा तिज विशेष कार्यक्रम गरेको छ ।

सेयर सदस्यले दर खाएर तीज गित गाएर एक आपसमा शुभकामना साटेका थिए ।कार्यक्रमको रत्ननगर नगरपालिकाकी उपमेयर बिमला दुवाडीले मौलिक तीज गित
गाएर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा कार्यक्रम संयोजक पार्वति पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम अर्पण बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष यमन भुषालकोअध्यक्षतामा सम्पन्न भएको थियो ।