चितवनमा शिक्षकहरुको लाल्टिन जुलुस

 

चितवन १५ भदौँ । संवैधानिक शिक्षा आयोग बनाउन माग गर्दै नेपाल शिक्षक महासंघ चितवनले लाल्टिन जुलुस निकालेको छ ।
आज भरतपुरको चौविसकोठीबाट निस्केको जुलुस जिल्ला शिक्षा समन्य ईकाई, जिल्ला प्रशासन कार्यालय चितवन हुँदै फेरी चौविसकोठी आएर टुंगिएको थियो ।
शिक्षक महासंघले शिक्षालाई संघिय सरकारको माताहतमा राख्नुपर्ने माग सहित २६ बुदेँ ऐजेन्डा बनाएर आन्दोलन थालेको हो ।

कार्यक्रममा बोल्दै शिक्षक महासंघ चितवनका अध्यक्ष कमल घिमिरेले संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको नियुक्ति, सेवा पारदर्शी गराई सामुदायीक विद्यालयका शिक्षक सरह सुविधा दिनुपर्ने बताउनुभयो ।