कांग्रेस मनहरी गाउँपालिकाको क्रियाशिल वितरण तथा प्रशिक्षण

मनहरी, १५ भदौं । नेपाली कांग्रेस मनहरी गाउँपालिकाले शुक्रबार मनहरी गाउँपालिकास्तरीय क्रियाशिल वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुलीको सभाध्यक्षता, नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता तथा नेपाली कांग्रेसका केन्द्रीय प्रशिक्षक महेश दाहालको विशिष्ट आतिथ्यतामा क्रियाशिल, साधारण सदस्य वितरण तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।
मनहरी बजारमा भएको कार्यक्रममा विशिष्ट अतिथि एवं प्रशिक्षक दाहालले कांग्रेसको विगत, वर्तमान र भविष्यमा गर्नुपर्ने कार्यक्रमहरुको बारेमा कांग्रेसका क्रियाशिल कार्यकर्ताहरुलाई प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सचिव एवं प्रशिक्षण विभाग प्रमूख बुद्ध लामा, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, महासमिति सदस्य रञ्जन कालाखेती, जिल्ला सदस्यहरु नवराज उप्रेती, नवराज सुवेदी, भीमसेन महत, ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा नगर सभापति आनन्दराम पराजुली, मनहरी गाउँपालिका अध्यक्षका उम्मेदवार शंकर न्यौपानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षणपछि मनहरी गाउँपालिकाका क्रियाशिल र साधारण सदस्यहरुलाई सदस्यता कार्ड प्रमुख अतिथि र अतिथिहरुले प्रदान गर्नुभएको थियो ।