चितवनमा यात्रुहरुसगँ मनपरी भाडा लिने १५ सवारी कार्वाहीमा, बढी पैसा फिर्ता गराईयो (भिडियो)

चितवन, १५ भदौँ । चितवनमा यात्रुहरुसगँ मनपरी भाडा लिने १५ वटा सवारी साधनले यात्रुहरुको भाडा फिर्ता गरेको छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भाडादर अनुगमन तथा चेकजाँचमा कडाई गर्दै भाडा फिर्ता गराएको हो ।

मध्य नेपालमा पर्ने चितवनमा बस, माईक्रोहरुले तोकिएको भाडादर भन्दा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्री चढाउने गरेको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै गरिएको भाडादर अनुगमन तथा चेकजाँचमा कडाईमा यात्रु ठगेको भटिएको ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

सो अवसरमा चितवनलगायत पश्चिमबाट नारायणगढ हुँदै काठमाण्डौ तथा पोखरा तर्फ जाने यात्रीबाहक सवारी साधन (बस, माईक्रो)हरुले तोकिएको भाडादर भन्दा बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्री चढाउने गरेको भेटिएको समेत उनले बताए ।

 

 

 

 

 

साथै त्यस्ता कार्यहरुलाई निरुत्साहित गरी सवारी ऐन नियमको पुर्ण रुपमा कार्यान्वयन गराउने उद्देश्यले आज भरतपुरको आँपटारी चोकमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक बेद प्रसाद गौतम सहितको टोलीले चेकजाँच तथा अनुगमन गरी निर्धारित भाडादर भन्दा बढी भाडा लिने ५ वस माईक्रो र हाईस १० गरी समेत १५ वटा सवारी साधनबाट सम्बन्धित यात्रीसँग लिएको बढी भाडा फिर्ता गराई नियमानुसार कारबाही समेत गरिएको थियो ।
। सो क्रममा काठमाडौं बाट बुटवल संचालन हुने माइक्रोले ७५ रुपैंयाँ सम्म बढी भाडा लिने गरेको र नारायणगढ बाट काठमाण्डौंका लागि चल्ने माइक्रो बसले ३ सय ५० भाडा दरमा ४०० लिएको पाइएपछि ५० रुपैंया फिर्ता गराएको थियो अधिकांस गाडीले ५० रुपैंयादेखी १०० रुपैंयासम्म बढी भाडा लिने गरेको प्रहरील् जानकारी दिएको छ ।
साथै अधिकांश सवारी साधनमा नेपाल सरकारले तोकेको भाडादर यात्रीले स्पष्ट सँग देख्ने गरी नटाँसेको पाईएकोले त्यस्ता सवारीका चालक तथा सञ्चालकहरुलाई अविलम्ब भाडादर टाँस्नको लागि जानकारी गराईयो र यस अभियानलाई निरन्तरता दिईने चितवन प्रहरीले जनाएको छ ।