दुई जना भारतिय तिर्थयात्रीको मृत्यु

नरजन तामाङ
हुम्ला, १६ भदौ । चीनको प्रसिद्ध तिर्थ स्थल कैलाश मानसरोवर दर्शन गर्न आएको २ जना भारतिय नागरिकको लेख लागे मृत्यु भएको छ ।
चीनको पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शन गरी फर्कका भारत बेङ्गलोरका ६१ वर्षिय बसन्ती लक्ष्मी समना र नासिक महाराष्ट्रका भारतका ६१ वर्षिय शान्ता बाजिरोहावा मृत्यु भएको हो ।
बसन्ती लक्ष्मी समना चिनको ताक्लाकोटमै मृत्यु भएपछि ताक्लाकोटमै पोष्टमाटम गरी नेपालगञ्ज लगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन श्रेष्ठले जानकारी दिएका छन ।
उनले शान्ता बाजिरोहवाको हिल्सामा रहेको स्नेहा होटेलमा खाना सुतेका र राति अचानक मृत्यु भएको बताए । हाल सम्म मानसरोवर कैलाश दर्शन गर्नाका लागि हुम्लाको हिल्सा नाका हुदै कैलाश दर्शन गर्न जाने भारतिय तिर्थयात्रीहरुको मृत्यु हुनेको सख्या १३ पुगेको छ ।
यस्तै गरी जेठ २३ गते ६९ वर्षीय प्रशोक्तम प्रभाकरण हिल्सामा जेठ ३० गते ६९ वर्षकी त्रिवेनी अग्रवालको हिल्सामा लेक लागेर मृत्यु भएको हो ।
असार ४ गते ४५ वर्षका स्वामी रामानन्दपुरी महामणडेश्वर चिनमा मृत्यु भएको थियो । यस्तै गरी असार १२ गते ६८ वर्षकी सिन सबरवाल हुम्लाको सिमकोटमा र असार १७ गते ६८ वर्षकी भिनिता सन्जय खेडेकर चिनमा यस्तै गरी असार १८ गते ५६ वर्षका लिला नारायण मन्डरदत्त हुम्लाको सिमकोट र असार १८ गते ६४ वर्षका नारायण सुब्बा रोयको चिनको ताक्लाकोटमै मृत्यु भएको थियो ।