नेपालमा चिनिया अवैध मदिरा

 

हुम्ला १५ भदौ । जिल्ला प्रहरी कार्यालय हुम्लाले अवैध चिनिया मदिरा झिनिगिन्टी रक्सी जिल्ला प्रहरी कार्यालय र सरोकारवालाहरु निकायको रोहवरमा नष्ट गरेको छ ।
गत भदौ ९ गते सिमकोट गाउँपालिका वडा नम्बर १ चुँवाखोला क्षेत्रबाट १६ वटा खच्चरमा ३२ प्याकेट अवैध चिनिया मदिरा झिनिगिन्टी रक्सी ठेहे प्रहरी चौकीले बरामद गरेको थियो ।
३२ प्याकेटमा १ हजार १ सय ७१ बोतल अवैध चिनिया मदिरा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिहेन्द्र बोगटीले जानकारी दिएका छन ।
उनका अनुसार प्रति बोतलको ५ सय दरले ५ लाख ८५ हजार मुल्य बराबरको अवैध रक्सी रहेको प्रहरी निरिक्षक बोगटीले बताए । जिल्ला प्रहरी कार्यालय हुम्लाले बरामद गरेको अवैध चिनिय मदिरा कसले ल्याएको नाम खुलाउन मानेन ।
३२ वटा खच्चरसँग जिल्ला प्रहरी कार्यालयमा पु¥याएको अवैध चिनिय मदिरालाई प्रहरी नै बेवारिसे अवस्थामा भेटिएको बताएको छ । जिल्ला अघिल्ला वर्षहरुमा हुम्लाको च्वाखोला नाका हिल्सा नाका,र चंखेली गाउँपालिकाको टाक्या नाकाबाट करोडौ मुल्य बराबरको अवैध चिनिया मदिरा भित्रिएको थियो । जिल्ला प्रहरी कार्यालयले अवैध चिनिया मदिरा ल्याउने व्यापारीको नाम खुलाएनन  ।