माँ मनकामना साकोसको नवौँ साधारणसभा सम्पन्न

चितवन, १५ भदौ । केन्द्रीय बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोस पौडेलले प्रत्येक नागरिकलाई वित्तीय शिक्षा आवश्यक भएको बताएका छन् ।
भरतपुरको नारायणगढमा रहेको माँ मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै पौडेलले वित्तीय शिक्षाले हरेक नागरिकलाई स्मार्ट नागरिक बनाउन मद्दत पुग्ने बताए । वित्तीय शिक्षाले विद्युतीय माध्यमबाट पैसाको उपयोग गर्न सघाउ पु¥याउने भएकाले पनि अब देशका हरेक नागरिकलाई वित्तीय शिक्षा अपरिहार्य भएको पौडेलले बताए । वित्तीय शिक्षा दिनका लागि सहकारीबाट सुरु गर्नुपर्ने पौडेलको भनाइ छ ।
भरतपुर १ मिलनरोडमा रहेको माँ मनकामना बचत तथा ऋण सहकारी संस्थाको साधारणसभाका क्रममा नेफ्स्कुनका पूर्व सञ्चालक नवराज सापकोटाले साहकारी अभियानबाट मात्रै राष्ट्र निर्माण गर्न सकिने बताए । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले सहकारीको उद्देश्यलाई नेपालको संविधानले समेत बल पु¥याएको भन्दै अबको समृद्धि सहकारीबाट नै हासिल हुने बताए ।
एक हजार पाँच सय ११ जना सदस्य रहेको माँ मनकामना बचत तथा ऋण सहकारी संस्थाको भरतपुर ६ गीतानगर र भरतपुर २० चनौतीमा सेवा केन्द्र सञ्चालनमा रहेको छ । संस्थाका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले सहकारी संस्था मर्ज गर्दै जाने आफूहरुको उद्देश्य रहेको र संस्था मर्ज भएको ठाउँमा सेवा केन्द्र स्थापना गरिने बताए ।
दुई करोड ३३ लाख १० हजार दुई सय रुपैयाँ चुक्ता शेयर पूँजी रहेको सहकारीले आर्थिक वर्ष २०७४÷०७५ मा २८ करोड ८८ लाख ९० हजार रुपैयाँ रकम संकलन गर्दै १६ करोड सात लाख ७५ हजार रुपैयाँ लगानी गरेको छ ।