काठमाडौं घोषणा पत्र जारी गर्दै सकिदै बिमेस्टेक’ चौथो शिखर सम्मेलन, तामझामजस्ता छैनन् उपलब्धी

 

काठमाडौं, १५ भदौँ। ‘बिमेस्टेक’ को चौथो शिखर सम्मेलन काठमाडौं घोषणा पत्र जारी गर्दै शुक्रवार ‘आज’ सम्पन्न हुँदै छ ।
बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागी बंगालको खाडी राष्ट्रको प्रयास ‘बिमेस्टेक’ हो ।

निकै ठुलो तामझामका साथ काठमाडौंमा जारी शिखर सम्मेलनमा एउटा मात्र सहमति पत्रमा हस्ताक्षर हुनेछ भने बिमेस्टेक काठमाडौँ घोषणापत्र जारी गरेर समापन हुने छ ।

सरकार र राष्ट्र प्रमुखहरूले प्रतिबद्धता जनाए पनि सम्मेलनमा उपलब्धि कम हुने देखिएको छ । सम्मेलनमा एक विषयमा सहमति हुने बाहेक अन्य विषयमा घोषणापत्रमार्फत प्रतिबद्धता जनाइने छ ।

Promise Education Consultancy