नायिका गरिमा एक्कासी विकिनी पोजमा भेटिएपछि…..

 

चितवन, १४ भदौँ । समय र परिस्थितीले मानिसलाई परिवर्तन गराउँछ । परिवर्तन हुनका लागि ठाउँ पनि महत्वपूर्ण हुन्छ । अभिनेत्री गरिमा पन्तका लागि समय र ठाउँ महत्वपूर्ण मानिएको छ । बिहे गरेर बेल्जियम बस्न थालेपछि उनी फेरिएकी मात्र छैनन्, विन्दास पनि छिन् । गरिमाले सामाजिक संजालमा पोष्ट गर्ने तस्बिरले उनी कतिसम्म फेरिएकी छिन् भन्ने थाहा हुन्छ ।

अविवाहित, हिरोइन हुँदा खुल्ला कपडा नलगाउने गरिमा अहिले विकिनीमा रमाउन थालेकी छिन् । वेल्जियम बस्दै आएका व्यवसायी हरि थपलियासँग बिहे गरेपछि गरिमा उतै छिन् ।

गरिमाले श्रीमान् थपलियासँग बिदा मनाउने क्रममा खिचेको तस्बिरले उनी कति परिवर्तन भएकी छिन् भन्ने थाहा हुन्छ । स्विमिङ पूलमा सेतो विकिनी लगाएर पोज दिएकी गरिमाका लागि उनका श्रीमान् हरि फोटोग्राफर बनेका छन् । गरिमा र हरिको प्रेम भने सबैलाई लोभ लाग्ने खालको नै छ ।