नारायणी र खगेरी सिँचाई व्यवस्थित गर्न माग, नहर अतिक्रमण र प्लटिङ हुँदा सिञ्चित हुने क्षेत्र घट्यो

चितवन, १४ भदौ । नहर अतिक्रमण,प्लटिङ हुँदा सिँचाई प्रणालीले सिञ्चित हुने क्षेत्र केही घट्दै गएको र सिचजाइृ सिस्टम जुनुसुकै समयमा बिग्रन सक्ने भन्दै नारायणी र खगेरी सिचाईलाई मर्मत संभार तथा व्यवस्थि गर्न माग गरिएको छ । नारायणी लिफ्ट, खगेरी सिँचाई व्यवस्थापन डिभिजनका प्रमुख खेमबहादुर पाठकले सिँचाई प्रणालीलाई व्यवस्थित गराउन एक अर्ब १९ करोड रुपैयाँ लाग्ने जानकारी दिए ।

धेरै पुरानो प्रविधीका सिँचाई सुविधा दिँदै आएको खगेडीको सिचाई सिस्टम जुनसुकै समयमा बिग्रन सक्ने खगेरी सिँचाई प्रणालीका अध्यक्ष बेलबहादुर गुरुङ बताउँछन् अनुमानित लागत रकम बालुवा छानेर राक्ने प्रविधी सहितको व्यवस्थित सिचाई प्रणाली बनाउन गरि राखिएको उनले बताए । नारायणी लिफ्ट सिँचाईको पम्प हाउस एमा रहेका पाँच मोटरहरु मध्ये एक बिग्रिएको छ । ४ घन मिटरको २ र २ घनमिटरको दुई वटा मोटर चालु अवस्थामा रहेपनि १ घन मिटरको एक मोटर बिग्रिएको छ । यस्तै, पम्प हाउस बीमा रहेको १.६ घन मिटरको १ वटा मोटर र ०.८ घन मीटरको ३ वटा मध्ये एक वटा मोटर बिग्रको छ ।
सिँचाई प्रणालीलाई ‘वृहत तथा सरकारी पुनःस्थापना तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम’ अन्तर्गत व्यवस्थित गर्नको लागि लागत अनुमान तयार गरिएको डिभिजनका प्रमुख पाठकले बताए ।
जस्मा ६७ करोड चार लाख रुपैयाँ इलेक्ट्रोमेकानिकल, २६ करोड, ८६ लाख सिभिल निर्माण, ५३ लाख जनरल आईटम, ३ करोड ६ लाख जनसहभागिता तर्फको खर्च विभाजन गरिएको छ । २०७२ साल बैशाखमा सिँचाई विभागबाट ८४ करोड लागतको योजना स्विकृत भएपनि योजना अघि बढ्न नसकेको उनी बताउँछन् । ‘हरेक वर्ष लागत बढ्दैछ’ उनी भन्छन्, ‘योजना मात्र बनेर भएर बजेट सहितको कार्यक्रम आउनुप¥यो ।’
ब्यारेज सिस्टममा आधारित रहेर खगेरी खोलाको पानी प्रयोग गरेर वि.स. २०२४ सालमा खगेरी सिचाई प्रणाली सुरु गरिएको हो । २५.१५ किलोमिटर नहर रहेको खगेरी सिचाईले १२ वटा शाखा नहरबाट सिचाई सुविधा दिँदै आएको छ । ३९ सय हेक्टर र १६ हजार घरधुरीलाई खगेरी सिँचाईले सुविधा दिएको छ । पम्प सिस्टममा रहेको नारायणी लिफ्ट सिँचाई २०४० सालदेखी सञ्चालनमा रहेको छ । ३० किलोमिटर नहर रहेको नारायणीको १६ वटा शाखा नहरबाट सिँचाई सुविधा दिँदै आर्ईएको छ ।
२५ हजार घरधुरीको ४७ सय हेक्टरमा नारायणी लिफ्टबाट सिचाई हुँदै आएको डिभिजन प्रमुख पाठक बताउँछन् । नारायणी लिफ्टमा पम्प फेरिए पश्चिम चितवनमा सिँचाई सुविधा नभएका धेरै क्षेत्रलाई समेट्न सकिने उनले बताए । ‘नयाँ पम्प थप्न सकियो भने अहिले जगतपुर, शुक्रनगर, दिव्यनगर, मेघौली लगायतको सुख्खा क्षेत्रका करीब ४४ सय हेक्टरमा सिँचाई सुविधा दिन सकिन्छ’ उनी भन्छन्, ‘यि ठाउँ भनेको बीचमा खोला नाला नभएका सुख्खा क्षेत्र हुन् ।’
१० हजार हेक्टर भन्दा कम क्षेत्रमा सिँचाई सुविधा दिने आयोजनाहरु प्रदेश सरकारको मातहतमा रहने सरकारको निर्णय भएपनि प्रदेशमा समेट्दा सिँचाई प्रणाली सञ्चालन गर्न नसकिने उनले बताए । प्रदेश नम्बर ३ मा भएका मध्ये विशेष र फरक खालको सिँचाई प्रणाली भएको हुँदा डिभिजनको छुट्टै कायालय समेत हुनुपर्ने डिभिजन प्रमुख पाठक बताउँछन् । नारायणी लिफ्टको ४ करोड ५० लाख र खगेरीको ६५ लाख रुपैयाँ वार्षिक खर्च रहेको छ ।

नहर अतिक्रमण हुँदा, प्लटिङ हुँदा सिँचाई प्रणालीले सिञ्चित हुने क्षेत्र केही घटेको उनले बताए । धेरै पुरानो प्रविधीका सिँचाई सुविधा दिँदै आएको खगेडीको सिचाई सिस्टम जुनसुकै समयमा बिग्रन सक्ने खगेरी सिँचाई प्रणालीका अध्यक्ष बेलबहादुर गुरुङ बताउँछन् । खोलामा पानी सुक्दा सिँचाई सुविधा दिँदै आएको पश्चिम चितवनको शारदानगर, गुञ्जनगर क्षेत्रमा समयमा नै पानी दिन नसक्दा यसपाली ढिला रोपाई गरिएको छ ।
सबैभन्दा महत्वपूर्ण रहेको पानीको सुविधा दिनको लागि लागतलाई नहेरी सुविधा र त्यसबाट आउने उत्पादनलाई हेर्नुपर्ने अध्यक्ष गुरुङ बताउँछन् । नारायणी लिफ्ट सिँचाईलाई महङ्गो र असफल भनिने गरेपनि यो सफल सिँचाई प्रणाली भएको प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाट बताउँछन् । पुरानो सिँचाई प्रणालीले क्षमता भन्दा आधा पानी दिँदा पनि सिँचाई गरेर रोपिएका खेतबाट ३४ करोडको धान उत्पादन हुने गरेको उनले बताए । भन्छन्, ‘महङ्गो त छ, पुरानो पनि भैसक्यो ।’
सिँचाई प्रणालीलाई वर्षात्मा मात्र नभई हिँउदमा पनि पनि सिँचाई सुविधा दिने गरि बनाउने पर्ने चितवनका प्रदेश सभासद् विजय सुवेदीले बताए । नहरको लागि छुट्याएका जमिनको संरक्षण गर्नु पनि जरुरी रहेको उनले बताए । सिँचाई प्रणालीमा देखिएका समस्या र चुनौतीको दुबै सिचाई प्रणालीका बारेमा बुधबार पूर्व प्रधानमन्त्री नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष एव् चितवन क्षेत्र नम्बर ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराईएको छ ।
दुबै सिँचाई प्रणालीको बहुआयामिक प्रभाव रहेकाले यसलाई सफल बनाउनु अत्यावश्यक रहेको अध्यक्ष प्रचण्डले बताए । हिउँद र बर्षात् दुवै समय चलाउन सक्दा किसानको उत्पादनमा गुणात्मक वृद्धि गर्न सकिने उनी बताउँछन् । अध्यक्ष प्रचण्डले यसलाई जसरी पनि अगाडी बढाउनुपर्ने र यथावत राखेर व्यवस्थित गर्न केन्द्रले जिम्मा लिनुपर्ने बताए ।

Promise Education Consultancy