चितवनमा एनआईईसीको नयाँ व्यस्थापन, एकसाथ अस्ट्रेलिया र न्युजिल्याण्ड एजुकेशन फेयर भदौँ १५ मा

 

चितवन, १३ भदौं । वैदेशिक उच्च शिक्षाका लागि विगत १८ देखि अगल पहिचान बनाएको नेपाल इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी (एनआईईसी) को चितवन शाखा नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको छ ।
गएको ८ बर्ष अगाडी चितवनमा स्थापन भएको शाखालाई थप व्यवस्थित गर्दै नयाँ व्यवस्थापनमा सञ्चालन गरेको एनआईईसीले जनाएको छ ।
चितवन शाखामा आयोजित पत्रकार सम्मेलनमा एक सिजनमा नै १८ सय बढी विद्यार्थीहरु आईएलटीएस गराउने एनआईईसीले चितवनमा पनि केन्द्रिय शाखा जस्तै उत्कृष्ट एकसाथ नयाँ कक्षाहरु समेत सञ्चालन गर्ने कन्सल्टेन्सीका चितवन शाखा प्रमुख रोहित सुवेदीले जानकारी दिए ।


नयाँ व्यवस्थापनमा आएसगैँ चितवनमा पनि आफ्नै कार्यालय परिसरमा नै आगामी भदौ १५ गते एक दिने शैक्षिक मेला गर्ने समेत उनले सो अवसरमा जानकारी गराए ।

चितवनमा एक पहिलो पटक दुई देश अस्ट्रेलिया र न्युजिल्याण्डका विश्वविद्यालय तथा कलेजहरुको प्रतिनिधिहरुले आफै सहभागी भई विद्यार्थीहरुलाई परार्मश दिने उनले बताए । मेलामा अभिभावकहरुले अष्ट्रेलिया र न्युजिल्याण्डका विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेट गरी विविध जानकारी लिन सक्ने बताए ।
अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा, युके, आयरल्याण्ड, जापान लगायतका देशमा विद्यार्थीहरुलाई उच्च शिक्षाको लागि परामर्श र भिसा प्रक्रियाको सहजीकरणको काम गर्ने गर्दछ ।

विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षा कक्षा तथा परामर्श सेवा सञ्चालन गर्दै आएको एनआईईसीको काठमाडौंको पुतलीसडकमा मुख्यालय रहेको छ । यसको नेपालका प्रमुख शहरहरु चितवन, पोखरा र विराटनगरमा शाखा रहेको छ ।

Promise Education Consultancy