भोली (विहिबार) भरतपुरमा ग्रेसको शैक्षिक मेला हुदैँ

चितवन, १३ साउन । भरतपुरस्थित गार्डेन रिर्सोटमा भोली (विहिबार) हुने शैक्षिक मेलाको तयारी पुरा भएको छ ।ग्रेस इन्टरनेशनल चितवनको आयोजनामा भोली शैक्षिक मेला हुने भएको हो ।
विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मेला संचालन हुने ग्रेस इन्टरनेश्नलले जनाएको छ । मेलामा २० वटा भन्दा बढि अष्ट्रेलियन कलेज तथा युनिभर्सि्टिहरुको उपस्थिति रहने ग्रेस इन्टरनेशनल नारायणगढका प्रबन्ध निर्देशक गणेश लामिछानेले जानकारी दिए ।

मेलामा विद्यार्थीहरुले कलेज तथा युनिभर्सि्टिहरुका प्रतिनिधिहरुसंग फेस टु फेस अष्ट्रेलियाको शिक्षा बारे जानकारी लिन सक्नेछन् । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि यो मेला निकै फलदायी हुने प्रवन्ध निर्देशक लामिछानेको भनाई छ ।कक्षा १२ उत्तीर्ण गरेका ब्याचलर मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदातृहरुद्वारा करियर काउन्सेलिङसँगै एब्रोड स्टडीका विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको ग्रेस इन्टरनेश्नल चितवनले जनाएको छ ।
यस्तै मेलामा सहभागि हुने विद्यार्थीहरुलाई ग्रेसले कार्ड उपलब्ध गराउने भएको छ । सो कार्ड लिएर ग्रेसमा वा अन्य ट्रेनिङ, सपिङ सेन्टरलगायतमा जाँदा छुटको व्यवस्था गरेको छ । यस्तै विद्यार्थीहरुलाई विभिन्न उपहारको व्यवस्था पनि गरेको छ ।

बुटवलदेखि सुरु भएको ग्रेस इन्टरनेशनलले मेला भोलि चितवनपछि भदौं १५ मा पोखरा र भदौं १७ मा काठमाडौंमा हुँदैछ । सन् २००६ मा स्थापना भएको ग्रेसले अष्ट्रेलिया जाने विद्यार्थीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।