होण्डाई गाडीको निशुल्क चेकअप क्याम्प

चितवन, १३ भदौ । चितवनका लागि होण्डाई गाडीको आधिकारिक बिक्रेता पिनाकल ट्रेडिङ कन्सर्नले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै निशुल्क सर्भिस चेकअप क्याम्पको आयोजना गरेको छ ।
बुधबारदेखि सुरु भएको क्याम्प आगामी शुक्रबारसम्म सञ्चालन हुने पिनाकल ट्रेडिङ कन्सर्नका सर्भिस ईन्चार्ज मिन थापाले जानकारी दिए । विशेष गरी होण्डाई मोडलका २०१४ मोडलसम्मका गाडीलाई लक्षित गर्दै सर्भिस क्याम्पको आयोजना गरिएको थापाले बताए । भरतपुर १० एयरपोर्ट अगाडि रहेको पिनाकल ट्रेडिङ कन्सर्नको कार्यालयमा नै सर्भिस क्याम्पको आयोजना गरिएको हो ।
सर्भिस क्याम्पका अवसरमा सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्टहरुमा १० प्रतिशत छुट, जुन सुकै स्पेयर पार्टस्मा १० प्रतिशत छुटको व्यवस्था गरिएको पिनाकल ट्रेडिङ कन्सर्नका सञ्चालक ईश्वर कुमार श्रेष्ठले जानकारी दिए । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सर्भिस क्याम्प सञ्चालन हुने जानकारी दिँदै श्रेष्ठले क्याम्पमा निशुल्क कार वास, जुन सुकै ब्राण्डका गाडीसँग होण्डाई गाडी साटफेर गर्न सकिने, नयाँ गाडी खरिदमा स्पोट फाइनान्स सुविधा भएको जानकारी दिए ।

Promise Education Consultancy