नवलपुरमा विद्यार्थीको रगत समूह परीक्षण

नवलपुर, १३ भदौ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १७ रामबासमा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको रक्त समूह परीक्षण गरिएको छ ।
चितवनमा सक्रिय विभिन्न संघसंस्थाको सहभागितामा बुधबार रक्त समूह परीक्षण गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले जानकारी दिए । हार्ट फाउन्डेशन नेपाल, नेशनल हार्ट एण्ड लङ सोसाइटी नेपाल, रोट्याक्ट क्लब अफ भरतपुर, युथ फर चेन्ज नेपाल, लायन्स तथा लियो क्लब अफ नारायणगढ बालकुमारीको आयोजनामा गरिएको कार्यक्रममा विद्यालयका तीन सय विद्यार्थीको रगत समूह पत्ता लगाइएको चुकेले जानकारी दिए ।
हरेक व्यक्तिलाई आफ्नो रगतको समूह जानकारी हुन आवश्यक छ भन्ने सन्देश फैलाउनका लागि कार्यक्रम गरिएको चुकेको भनाइ छ । विद्यार्थीहरुको रक्त समूह पत्ता लगाउनको लागि भरतपुर ९ को निर्णायक डायनोसिस सेन्टर एण्ड रिफरल ल्याबले विशेष सहयोग गरेको थियो ।
विद्यालयका प्राधानाध्यापक नरजन न्यौपाने तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलिराम सापकोटालगायतको सहभागितामा कार्यक्रम गरिएको थियो ।

Promise Education Consultancy