मा मनकामना बचतको रक्तदानमा १२७ जनाद्वारा रक्तदान

चितवन, १३ भदौ । चितवनमा पछिल्लो समय रक्तदानका हुने क्रम बढ्दै गएको छ । नागरिकमा रक्तदान जीवनदान भन्ने भावनाको जागृत हुँदै रक्तदानप्रति उत्प्रेरित हुँदा रक्तदान बढ्दै गएको विभिन्न संघसंस्थाहरुले बताउँदै आएका छन् ।
यसैक्रममा नारायणगढमा रहेको माँ मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसर पारेर नारायणगढको सहिदचोकमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढको मिलनरोडमा मुख्य कार्यालय रहेको मनकामना बचतले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा २० जना महिला सहित जम्मा एक सय २७ जनाले रक्तदान गरेका संस्थाका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले जानकारी दिए ।
देशकै केन्द्र भागमा चितवन रहेको र यहाँ हरेक प्रकारका बिरामी आउने गरेकाले रगतको माग बढ्दो रहेकोमा बिरामीले सहज रुपमा रगत पाउन सकुन भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको शाक्यले बताए । संस्थाको सामाजिक उत्तरदायित्व तथा मानवीय काम समेत भएकाले रक्तदान कार्यक्रम गरिएको शाक्यको भनाइ छ । संस्थाको वार्षिकोत्सवको अवसरमा संस्थाले हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।