भरतपुर अस्पतालको जग्गा फिर्ता गराउन प्रचण्ड सक्रिय बन्दै, हेरौँ ४ फोटो

 

चितवन, १३ भदौं । चितवनको भरतपुर अस्पतालको जग्गा फिर्ता गराउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल सुरु गरेका छन् ।
आज भरतपुर अस्पतालको निरीक्षण गर्दै अध्यक्ष प्रचण्डले अस्पतालको स्वामित्वमा रहेर अन्य संघ संस्थाले भोगचलन गरेको जग्गा फिर्ता गराउन निर्देशन दिएका हुन् ।


अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पासगैँ अस्पताल निरिक्षण गर्न पुगेका उनले अस्पतालमा विरामीको चाप देखेर निकै अचम्मीत परेका थिए ।


प्रचण्डले जनतालाई सर्वसुलभ र निशुल्क स्वास्थ्य उपचार दिने सरकारको नीति अनुसार सरकारी अस्पतालमा विस्तारमा जग्गा अभाव हुने भन्दै विभिन्न बाहना भोगचलन गरिएको जग्गा फिर्ता गरेर मुलुकै नमुना अस्पताल बनाउने बताए ।
सो अवसरमा अस्पतालको स्वामित्वमा रहेको खाली जमिन,आकस्मिक कक्ष, टिकट काउण्टर लगायतको निरिक्षण गरेका थिए ।
भरतपुर अस्पतालको गुरु योजना अनुसार र भविष्यलाई हेदै उनले अस्पतालका पूर्व अध्यक्ष समेत रहेका प्रदेश सांसद विजय सुवेदीसहित अस्पतालका चिकित्सकहरुलाई जग्गा फिर्ता गराउन के के गर्न सकिन्छ भनि सोधेका थिए ।

प्रचण्डले अस्पताललाई ब्यवस्थित र सुविधासम्पन्न बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
भिडभाडकै वीचमा रहेका अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रविन खड्काले यस अघिका समितिहरुले अस्पतालको जग्गा फिर्ता लिन गरेको प्रयास बारे प्रचण्डलाई जानकारी गराएका थिए ।


उनले स्रोत साधन र कर्मचारीको अभावमा भिड व्यवस्थापनमा जटिलताले गर्दा सोचे अनुसार सेवा दिन नसकेको बताएका थिए ।
सो अवसरमा उनले अष्ट्रेलियन सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रविधि, त्यहाँका चिकित्सकहरुको ज्ञानलाई नेपाली चिकित्सक र अस्पतालहरुसंग जोड्न सकिने बताइन् ।
धेरै नेपाली चिकित्सकहरु अष्ट्रेलियामा राम्रो काम गरेर बसेकोले उनिहरु मार्फत नेपालमा कार्यरत चिकित्सकहरुको दक्षता र क्षमता बढाउन सकिने स्पष्ट पारेकी थिईन् ।   तस्वीर : प्रकाश ज्ञवाली 

Promise Education Consultancy