संसारकै धनी कमिला जसले चोरेर ल्यायो हिरा (भिडियो सहित )

एजेन्सी – एउटा यस्तो भिडियो सार्वजनिक भएको छ जसमा एउटा कमिलाले हिरालाई बोकेर हिँडिरहेको छ । न्यूयोर्क पोष्टले लेखेको छ, ‘कमिलाले बोकेको हिरा मालिकलाई फिर्ता दिए नदिएको बारे पत्ता लागेको छैन ।’

युट्युबमा राखिएको यो भिडियोमा धेरैले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अब म कमिलालाई विश्वास गर्न सक्दिनँ ।’

अर्का प्रयोगकर्ताले लेखे, ‘कसैले हिरा चोरेको हुनसक्छ र आरोप चाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ ।’

साथै, मनोज नारायण नामका प्रयोगकर्ताले लेखेका छन्, ‘यो एक तालिमप्राप्त कमिला हो । ’ जसवंत लेख्छन्, ‘करोडपती कमिला ।’ यस्तै अर्का व्यक्तिले लेखे, ‘संसारको सबैभन्दा धनी कमिला ।’ डेथमेस्टर टु नामका प्रयोगकर्ताले लेखे, ‘यो कमिलालाई किन त्यो हिरा चाहियो रु के यो हिराबाट बनेको थियो ?