त्रिशुलीमा ट्रिपर खस्यो : एकको मृत्यु ,तिन घाईते ट्रिपर सहित एक वेपत्ता

धादिङ,१३ भदौ । । पृथ्वी राजमार्गमा भएको ट्रिपर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । गएराती पृथ्वीराजमार्ग अन्तरगत गजुरी गाउँपालिका ६ स्थित पोखरे खोलाबाट काठमाण्डौबाट मुग्लिनतर्फ जादै गरेको बा४ खा ७७८१ नम्वरको ट्रिपर आफै अनियन्त्रीत भई सडकबाट करिव २०० मिटर तल खसी त्रिशुली नदीमा बेपत्ता भएको देविदत्त गण गजुरीले जनाएको छ । दुर्घटना परि एक बेपत्ता भएको छ यसैगरी ट्रिपरमा सवार अन्य तिन जना भने घाईते भएका छन् ।

मृत्यु हुनेमा ट्रिपरमा सवार गजुरी गाउँपालीका बस्ने २२ वर्षीय केशर पुलामी रहेको छ । उनलाई दुर्घटना स्थलबाट उद्दार गरी उपचारका लागी लग्दै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यसै गरी सोही स्थान बस्ने अन्दाजी २१ वर्षको रामकृष्ण भेजेल वेपत्ता भएको छ । ट्रिपरका चालक श्याम मगर र ट्रिपरमा सवार अन्य दुई जनालाई भने गजुरी सिथ्त अस्पतालमा उपचारका लागी राखिएको छ । ट्रिपरमा सवार सबै गजुरी गाउँपालीका –६का रहेको खुलेको छ ।

Promise Education Consultancy