नारायणी बराह ज्वेलरीको दोश्रो बार्षिकोत्सव : टाँडी बजारमा ७२ जनाद्धारा रक्तदान (भिडियो)

चितवन, १२ भदौँ । पूर्वी चितवनको रत्ननगरमा नारायणी बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. को दोश्रो वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ चितवन राइनो सिटी र लियो क्लव अफ रत्ननगरसगँ सहकार्य गरि आयोजना गरिएको जित खुल्ला रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका थिए ।

 

 

 

 

 

 

 
नारायणी बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि. को दोश्रो वार्षिकोत्सवको अवसरमा भएको रक्तदान कार्यक्रम क्लवका अध्यक्ष ओमलाल सापकोटाको अध्यक्षतामा भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ का डिस्ट्रिक्ट सिनियर एडभाइजर रामप्रसाद भट्टले कार्यक्रमको उद्घाटन गरेका थिए ।


कार्यक्रम संयोजक आशिक तमाङको संयोजकत्वमा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशनलका एओजी निरज श्रेष्ठ, क्लवका सचिव अरुण सिवाकोटी लगायतका पदाधिकारी एवम् क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Promise Education Consultancy