स्वर्णलक्ष्मी बचतको १०औ बार्षिकोत्सवमा टाँडी बजारमा सरसफाइ, हेरौँ फोटो र भिडियो

चितवन, १२ भदौँ । स्वर्णलक्ष्मी बचत तथा क्रण सहकारी संस्था लिमिटेडको १०औ बार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुलाई जारी राखेको छ ।

 

 

 

१०औ बार्षिकोत्सवको अवसरमा आज पूर्वी चितवनको रत्ननगर टाडीँ बजार देखि सौराहाचोकसम्मको राजमार्ग सरसफाई गरिएको छ ।


संस्थाको सामाजिक उत्तर दायित्व अभियान अन्र्तगत आफ्नो टोल, गाउँ, सडक आफै सरसफाई राखौँ भन्ने उद्देश्यसहित सरसफाई कार्यक्रम गरिएको संस्थाका अध्यक्ष कृष्ण तमाङले जानकारी दिए ।

 
स्वर्णलक्ष्मी बचत साप्ताहिक कार्यक्रम अन्र्तगत छैठौ दिन टाँडी शाखाको आयोजनामा मेनरोडका स्थानियहरु सरसफाईमा जागरुप गराउन आयोजित सरसफाईमा दुई ट्याक्टर फोहर संकलन गरिएको संस्थाका बरिष्ठ अधिकृत नारायणप्रसाद बाग्लले बताए ।


सरसफाई विभिन्न संघसस्थाहरुसगैँ संस्थका कर्मचारीहरुको सहभागी थियो । यसअघि संस्थाकै बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एकैदिन चितवनमा ४ सय ८६ जनाले रक्तदान गरेका थिए ।

Promise Education Consultancy