चर्चित ३३ किलो सुनकाण्ड र शनम शाक्य हत्याका मुख्य अभियुक्त गोरेले गरे आत्महत्याको प्रयास

काठमाडौँ, १२ भदौ । चर्चित ३३ किलो सुनकाण्ड र शनम शाक्य हत्याका मुख्य अभियुक्त चूडामणि उप्रेती ’गोरे’ ले केन्द्रीय कारागार सुन्धारा स्थित गोलघर भित्रै आत्महत्याको प्रयास गरेका छन । कारागार स्रोतका अनुसार ’गोरे’ले केही साता अघि आफैले लगाएको सर्टले घाटीमा बाधेर पासो लगाएका हुन । उनी कहिलेकाही अझै तनावमा आएको बेला टाँउको भित्तामा ठोक्ने गरेको कारागार स्रोतले जनाएको छ ।

जेठ २८ मा सुनसरीको झुम्का कारगारबाट ‘गोरे’ लगायत राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता भुजुङ गुरुङ र छिरिङ वाङगेल घलेलाई काठमाडौं लगिएको थियो । उनीहरुको सम्पत्ति अनुसन्धानको लागि सम्पति सुद्धिकरण विभागले काठमाडौं झिकाएको थियो । ०७४ माघ ७ मा त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन काठमाडौं भित्र्याएर पनि गायब भए पछि शनम शाक्यको हत्या भएको थियो । सोही अभियोगमा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक गोबिन्द निरौला, बहालवाला वरिष्ठ प्रहरी उपरीक्ष श्याम खत्री, दिवेश लोहनी गरेर दर्जन प्रहरी अधिकारी पक्राउ परेका थिए । हाल उनीहरु मोरङको झुम्का कारागारका पुर्पक्षका लागि थुनामा रहेका छन ।