अन्तरिक्षमा खेलियो पहिलो पटक टेनिस, अन्तरिक्षबाटै यूएस ओपनको सुरुवात

एजेन्सी– अमेरिकाको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पहिलो पटक टेनिस खेलिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा तथा यूएस टेनिस एसोसियसनले यूएस ओपन च्याम्पियनशीपको उद्घाटननै अन्तरिक्षबाट गरेका छन् ।

कमाण्डर एड्रयू फ्यूसटल, युरोपेली स्पेस एजेन्सीका तीन फ्लाइट इन्जिनियर तथा नासाका दुई अन्तरिक्ष यात्रीले यसमा सहभागिता जनाएका छन् । यद्यपि अन्तरिक्षमा गुरुत्वाकर्षण कम भएका कारण टेनिस बल उफ्रिएको थिएन ।

Promise Education Consultancy