विद्युत् प्राधिकरण भरतपुर शाखाका कृष्ण सुवेदी २० हजार घुस सहित  रंगेहात पक्राउ

चितवन, भदौ ११ । नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाका प्राविधिक फाँटमा कार्यरत कृष्ण बहादुर सुवेदी २० हजार नगद घुस सहित रंगेहात पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले आज सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो ।

भरतपुर ७ मा रहेको जनजीवन मिनिरल वाटरको विद्युत् पावर बढाएर धेरै केभिएको विद्युत जडान गरिदिने भन्दै उनले सेवाग्राहीसँग २० हजार नगद लिएका थिए ।
घुस मागेको सुचना अख्तियारको टोलीलाई दिएपछि हेडौटाबाट आएको टोलीले रँगेहात पक्राउ गर्न सफल भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले कालिका एफएमलाई जानकारी दिनुभयो ।

पक्राउ परेका सुवेदीलाई अहिले हेडौटामा राखिएको र थप कारवाहीको प्रकृया अगाडी बढाइने दंगालले जानकारी दिनुभयो । उनी प्राविधिक फाँटमा कार्यालय सहयोगी रुपमा काम गर्दै आएका थिए ।

Promise Education Consultancy