बराह ज्वेलरीको २४ औँ वार्षिक उत्सवसुरु मानव सेवामा आश्रितलाई भोजन र रक्तदान (फाटोफिचर)

चितवन, ११ भदौँ ।  नारायणी बराह ज्वेलरी इण्डष्ट्रिज प्रा लि हङ्कङबजार नारायगढले सोमबार भरतपुर ९ स्थित चितवन मानव सेवा आश्रममा आश्रित ब्यक्तीहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । बराह ज्वेलरी इण्डष्ट्रिज प्रा लि को २४औं वार्षिक उत्सव एवं नारायणी बराह ज्वेलरीको दोस्रो वार्षिक उत्सवको अवसरमा नारायणी बराह ज्वेलरीले उक्त कार्यक्रम गरेको हो । आश्रममा  ४२ जना ब्यक्तीहरु सोमबार, मंगलबार र बुधवार गरी तीन दिनको लागि ज्वेलरीले खानाको व्यवस्था गरेको हो ।

नारायणी बरहा ज्वेलरीका अध्यक्ष शरण लामिछानेको अध्यक्षता सम्पन्न कार्यक्रममा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपाने प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै आश्रमकी अध्यक्ष न्यौपानेले नारायणी बरहाले प्रत्यक बर्ष आफ्नो वार्षिक उत्सवको अवसरमा आश्रममा आश्रित ब्यक्तीहरुलाई खाना खुवाउने कार्यक्रम गर्ने गरेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो ।

यस्तै न्यौपानेले बराहले ब्यापारिक रुपमा मात्र नभई सामाजिक रुपमा पनि सेवा गर्दै आएकोमा समेत धन्यवाद ब्यक्त गर्नुभयो ।

समाज प्रतिको उत्तरदायित्व सबैमा हुने भन्दै न्यौपानेले अन्य संघ सस्थाहरुले पनि यसरी नै समाज प्रतिको उत्तर दायित्व बहन गरेमा कोही पनि भोकै र नाङगै बस्न नपर्ने धारणा राख्नुभयो । हाल ४२ जना आश्रित आश्रमले अहिले सम्म १५० जनालाई परिवार सँग मेलमिलाप गराईसकेको छ भने २६ जनाको बिभिन्न कारणले मृत्‍यु भएको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवं बराह ज्वेलरीका अध्यक्ष शरण लामिछानेले यसरी आश्रममा आश्रित आमाबुवाहरुलाई खान खुवाउन पाउदा मन खुशी भएको बताउनु भयो । २०५२ सालमा धरानबाट सेवा सुरु गरेको बरहा सधैं यस्तो सामाजिक कार्यमा सेवा गर्न तयार रहेको लामिछानेको भनाई रहेको थियो ।

१३ औं शाखाको रुपमा २०७३ बाट चितवनमा पनि सेवा दिन सुरु गरेको बरहाले स्थापना काल देखी नै सामाजिक उत्तर दायित्व बहन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिईरहेको लामिछाने बताउनुभयो । ‘बरहा ज्वेलरीका जन्मदाता स्व. ईन्द्र कुमार लामिछाने ज्युको इच्छा पनि यही थियो, हामी उहाँले  देखाउनु भयो बाटोमा नै हिडिरहेका छौं – लामिछानेले भन्नुभयो ।’ लामिछानेले भन्नुभयो – ‘बराह सधैं ब्यापारमा मात्रै केन्द्रित हुँदैन, हामी ब्यापार सँगै सामाजिक, धार्मिक र शैक्षिक क्षेत्रमा पनि सक्दो सहयोग गर्दै आईरहेका छौं र आगामी दिनमा पनि गर्दै जानेछौं ।

यस्तै लामिछानेले बराहले अहिल सम्म देश तथा बिदेश गरी २६ भन्दा बढी शाखा बिस्तार गरेर सेवा दिदैँ छुट्टै छाप छोड्न सफल भए पनि यसरी यस्तो सामाजिक कार्यमा सेवा गर्न पाउदा निकै आनन्द लाग्ने बताउनुभयो ।

प्रेस सेन्टर चितवनका अध्यक्ष प्रकाश ज्ञवाली, केटीबी एडभर्टाईजिङ एजेन्सीका प्रबन्धक किशोर सापकोटा आदिको पनि उपस्थिती रहेको थियो ।कार्यक्रममा बराहका तर्फबाट तिलक प्रसाद रिजाल र हरी मोहरा तथा आश्रमका तर्फबाट सचिब देवी आचार्यले पनि मन्तव्य राख्नु भएको थियो ।

 

यसै बिच वार्षिक उत्सवकै अवसरमा नै नारायणी बराहले भरतपुर १४ शिवनगरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने भोली शहिदचोक नारायणगढ र टाँडीमा पनि रक्तदान कार्यक्रम आयोजना गरिने अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।