देवघाट स्थित ढुंगेधार देखी त्रिशुली किनार सम्म सरसफाइ

तनहुँ,११ भदौ । तनुहँको देवघाट गाउँपालिका स्थित ढुंगेधार र त्रिशुली नदी किनारमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । देवघाट सामुदायिक सेवा केन्द्र र गणेश टोल विकास संस्थाले देवघाट वडा नम्बर ५ अन्तरगत पुलको मुख नजिकै पर्ने ढुंगेधार वरिपरि हुदै त्रिशुली नदिको किनार सम्म आज सरसफाइ कार्यक्रम गरेको हो

सरसफाइ कार्यक्रममा देवघाट गाउँपालिकाको गाउ प्रमुख दुर्ग बहादुर थापा सहित स्थानीयवासीको सहभागीता रहेको थियो । बि.स. २०४० सालमा स्थापन भएको ढुंगेधारमा अझैपनि शुद्ध पानी आउने र स्थानीयवासीहरु नुहाउन, लुगा धुन, गाई वस्तुलाई र पिउनको लागी यस ढुंगेधारको पानी प्रयोग गर्ने स्थानीयवासी तथा समाजसेवी शिवराज पौडेलले बताए ।
नेपालकै पवित्र देवघाटधाम भित्र रहेको यस ढुंगेधारको पानी अन्तरिक तथा बाह्ये पर्यटकहरूले समेत प्रयोग गर्दै आएको र लामो समय देखी सरसफाइ नहुनु वरिपरि धेरै फोहोर भएको देखिएपछि गाउँपालिका र विभिन्न संस्था र स्थानीयवासी संग समन्वय गरि ढुंगेधार र त्रिशुली नदि किनार वरिपरि सरसफाइको आयोजना गरि साफाई गरेको आयोजक कमिटीका सदस्य होम बहादुर भारातीले बताए ।

Promise Education Consultancy